बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्मचारी युनियनको एकता महाधिवेशन हुने

शनिबार, २९ पुस २०७४, २० : १६
शनिबार, २९ पुस २०७४

काठमाडौँ - नेपाल निजामती कर्मचारी युनियन संघको आठौँ महाधिवेशनमा तीनजनाले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । 

फागुन ८, ९ र १० गते चितवनमा हुने महाधिवेशनका लागि शरदकुमार अधिकारी, राजेन्द्र बुढाथोकी र गोपालप्रसाद पोखरेलले उम्मेद्वारी घोषणा गर्नुभएको हो । तीनजनाले उम्मेद्वारी घोषणा गरेपनि स्थानीय तह र प्रदेश एवं प्रतिनिधिसभा निर्वाचनमा लोकतन्त्रवादी शक्ति कमजोर देखिएकाले एकताको महाधिवेशन हुनुपर्नेमा सदस्यहरुले जोड दिएका छन् । 

युनियन संघ एवं आधिकारिक ट्रेड युनियनका समेत केन्द्रीय सदस्य विश्वबन्धु रेग्मी अधिकांश महाधिवेशन प्रतिनिधिले एकताको महाधिवेशन गर्न दबाब दिएको बताउनुहुन्छ । संघका वर्तमान अध्यक्ष तथा आधिकारिक ट्रेड युनियनका महासचिव सुबोध देवकोटाले सर्वसम्मत नेतृत्व चयन गरेर हस्तान्तरण गर्ने सार्वजनिक गर्दै आउनुभएको छ । 

महाधिवेशनमा ६०० महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्व छनोट गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप