सरकार वाम गठबन्धन टुटाउन लाग्योः नेम्वाङ
काठमाडौं–नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ्गले सरकार सत्ता हस्तान्तरण नगर्ने र वामगठबन्धन टुटाउन लागेको आरोप लगाएका छन् ।
दोलखाबासीले जिल्लाबाट प्रतिनिधिसभा तथा प्रदेशसभासदस्यमा विजयी भएका प्रदेशसभा सदस्य र प्रतिनिधीसभा सदस्यका लागि राजधानीमा शनिबार आयोजना गरेको बधाई तथा शुभकामाना कार्यक्रममा नेता नेम्वाङ्गले सरकार गठबन्धन टुटाउन लागिपरेको बताएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा स्वयम्ले गठबन्धनका नेतालाई तपाई ५ बर्ष सरकार चलाउनु हामी समर्थन गर्छौ भन्नुबाट सरकारको नियत स्पष्ट भएको दाबी गरे ।
सत्तारुढ दलकै अर्का नेताले जसरी पनि बाम गठबन्धन टुटाउछु भन्दै हिडेको उल्लेख गर्दै उनले टुटाउने र फुटाउने खेलमा सरकार लागेको आरोप लगाए ।
संविधानसभाका अध्यक्ष समेत रहेका नेता नेपाले वामगठबन्धनको एकता जनताबाट समेत अनुमोदित भईसकेकाले माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता हुने विश्वास दिलाए ।
पार्टी अध्यक्ष स्वदेश फर्किएपछि पार्टी एकताका लागि छलफल तिब्र पारिने पनि उनले उल्लेख गरे।