केन्द्रीय संस्करण

नाट्टामा सिएन पाण्डे छ मतले विजयी

person access_timeपुस २९, २०७४ chat_bubble_outline0

काठमाडौं - नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)का अध्यक्षमा सिएन पाण्डे निर्वाचित भएका छन् । 

नाट्टाको ५१औं साधारणसभापछि शुक्रबार राति भएको निर्वाचनको आज बिहान आएको मत परिणामअनुसार पाण्डेले निकटतम प्रतिद्वन्द्वी दीपेन्द्रकुमार शर्मालाई छ मतले पराजित गरेका छन् । 

कूल ४२० मत खसेकामा पाण्डेले २१२ र शर्माले २०६ मत प्राप्त गरेका छन् । चार सय ६७ मतदाता रहेको नाट्टामा ४२० मतदाताले  मताधिकार प्रयोग गरेका थिए । 

यस्तै, प्रथम उपाध्यक्षमा अच्युत शर्मा गुरागाईं, द्वितीय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा रमेश थापा, सचिवमा सविता भट्टराई, कोषाध्यक्ष रामप्रसाद श्रेष्ठ र सहकोषाध्यक्षा सुरेन्द्र भट्टराई निर्वाचित भएका छन् । 

सदस्यमा सुदर्शन नेपाल, देवकी गुरुङ, फुरी ग्याल्जेङ शेर्पा, अमृतकुमार ढकाल, रमेश पौडेल, राजु ढकाल, इनु थापा र गीता ढकाल निर्वाचित भएका छन् ।

५० वर्षअघि स्थापित ट्राभल तथा टुर व्यवसायीको छाता सङ्ंगठन नाट्टामा भद्रपुर, पोखरा र धनगढीमा क्षेत्रीय तथा पाल्पामा जिल्ला शाखा छन् । 

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X