बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तारुका पुग्न पक्की पुलः यसपटक ३० हल गोरु जुधाइने

शनिबार, २९ पुस २०७४, ०९ : ३६
शनिबार, २९ पुस २०७४

काठमाडौं - नुवाकोटमा यस वर्षको माघे सङ्क्रान्तिमा ३० हल गोरु जुधाइने भएको छ । 

जिल्लाका तारुका र बेत्रावतीमा हरेक वर्ष माघे सङ्क्रान्तिमा गोरु जुधाउने गरिन्छ । तारकेश्वर गाउँपालिका–३, चन्दनी, तारुकामा भने यस वर्ष २० हल गोरु जुधाइने मेला आयोजक समितिले जनाएको छ । त्यस्तै बेत्रावतीमा १० हल गोरु जुधाइने बताइएको छ ।

यस वर्ष तारुका मेलास्थल पुग्न नुवाकोट, बेलकोटगढी नगरपालिका–७ र तारकेश्वर–४, बुधसिंह जोड्ने पक्की पुल बनेकाले सहज हुने प्रचारप्रसार उपसमितिका संयोजक विष्णु तारुकेले बताए ।

गोरु जुधाइ मेलाको दिन माघ १ गते अवलोकनकर्तालाई गोरु जुध्ने स्थान चन्दनीसम्म जानका लागि सहज बनाउन गल्छी–देवीघाट सडकखण्ड दैनिक आठ घण्टा बन्द हुँदै आएकामा त्यस दिन दिनभर नै खुला गराउन गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु–रसुवागढी सडक योजनाले सहमति दिएको छ । 

बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर गएका बेला मनोरञ्जन गराउन गोरुजुधाइ गरिएको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप