शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान संशोधन आवश्यक छ: यादव

शनिबार, २९ पुस २०७४, ०९ : ३३
शनिबार, २९ पुस २०७४

सप्तरी - संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको आर्थिक समृद्धि एवं विकासका लागि सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् । 

राजविराज नगरपालिकाको प्रथम नगरसभाको शुक्रबार उद्घाटन गर्दै यादवले राष्ट्रियताको सवालमा राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताए। 

अधिकारसँगै विकास र निर्माणलाई अगाडि बढाए मात्र समाजको विकास हुने उनले बताए । उहाँले आगामी दिनमा संविधान संशोधन गरेर अगाडि बढ्नुपर्ने उनको विचार छ । 

मुलुककै पुरानोमध्ये एक र भारतको गुलाबी शहर जयपुरको नक्शामा आधारित नगर योजनानुरुपको शहर राजविराज नगरपालिकाको पहिलो नगरसभामा राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले आर्थिक वर्ष २०७५÷०७६ का लागि ५८ करोड ७२ लाख ७४ हजार ८७२ बराबरको बजेट प्रस्तुत गरे । 

सभामा प्रदेशसभा सदस्यद्वय मनिषकुमार सुमन र शैलेन्द्रप्रसाद साह, सप्तरीका प्रजि भागीरथ पाण्डेयलगायतल छुट भएका अन्य शीर्षकलाई आगामी दिनमा विस्तारै समायोजन गर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप