संविधान संशोधन आवश्यक छ: यादव
सप्तरी - संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको आर्थिक समृद्धि एवं विकासका लागि सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।
राजविराज नगरपालिकाको प्रथम नगरसभाको शुक्रबार उद्घाटन गर्दै यादवले राष्ट्रियताको सवालमा राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताए।
अधिकारसँगै विकास र निर्माणलाई अगाडि बढाए मात्र समाजको विकास हुने उनले बताए । उहाँले आगामी दिनमा संविधान संशोधन गरेर अगाडि बढ्नुपर्ने उनको विचार छ ।
मुलुककै पुरानोमध्ये एक र भारतको गुलाबी शहर जयपुरको नक्शामा आधारित नगर योजनानुरुपको शहर राजविराज नगरपालिकाको पहिलो नगरसभामा राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले आर्थिक वर्ष २०७५÷०७६ का लागि ५८ करोड ७२ लाख ७४ हजार ८७२ बराबरको बजेट प्रस्तुत गरे ।
सभामा प्रदेशसभा सदस्यद्वय मनिषकुमार सुमन र शैलेन्द्रप्रसाद साह, सप्तरीका प्रजि भागीरथ पाण्डेयलगायतल छुट भएका अन्य शीर्षकलाई आगामी दिनमा विस्तारै समायोजन गर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
-
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
-
पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह सम्पन्न
-
अफगानिस्तानमा बाढीले ७० विद्यालय तथा मदरसा क्षतिग्रस्त
-
पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : आरजु राणा
-
डीआईजी दुर्गा सिंहको गण्डकी प्रदेशमा सरुवा