शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मिर्गौला रोग पीडितलाई आर्थिक सहयोग

शनिबार, २९ पुस २०७४, ०९ : २१
शनिबार, २९ पुस २०७४

भद्रपुर - शिव कुँवर बचाऔँ अभियानले आफूले संकलन गरेको आर्थिक सहयोग ११ लाख मिर्गौला पीडित शिव कुँवरका पिता कृष्णलाई शुक्रबार हस्तान्तरण गरेको छ । 


यसैबीच झापाको ज्यामिरगढी स्वास्थ्य चौकीमा शुक्रबार अर्थोपेडिकसम्बन्धी एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

निःशुल्क औषधि वितरण गरिएको शिविरमा ३५० रोगीले स्वास्थ्य लाभ लिए । शिविरमा अर्थोपेडिक अस्पतालका डा अनिल घिमिरे, प्रकाश ज्ञवाली, मन्दीप कार्की र फर्मासिष्ट चन्द्रज्योति शाक्यको सहयोग रहेको थियो । 

त्यसैगरी झापा जिल्ला कारागारका केही बन्दीका लागि पनि स्वास्थ्य शिविर सञ्चालन गरिएको रोटरियन विगत ओझाले जानकारी दिए । 

नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्र झापा, रोटरी क्लब अफ भद्रपुर र मारबाडी महिला मञ्च भद्रपुरको आयोजनामा सम्पन्न शिविरमा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँको प्राविधिक सहयोग रहेको नेपाल अपांग संघ झापाका अध्यक्ष धनजुुजु श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप