बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खुला राष्ट्रिय लोक भजन प्रतियोगिता फागुनमा

शनिबार, २९ पुस २०७४, ०९ : ०१
शनिबार, २९ पुस २०७४

पोखरा - लोप हुन लागेका नेपाली लोक भजनको संरक्षणको उद्देश्यका साथ प्रथम खुल्ला राष्ट्रिय लोक भजन प्रतियोगिता आगामी फागुन १२ गते यहाँ हुने भएको छ । 

कार्यक्रम संयोजक तुलसी प्रवासले आधुनिकताको चपेटामा लोक भजनका साथै अन्य संस्कृति लोप हुँदै गएकाले यसको जगेर्नाका लागि प्रतियोगिता आयोजना गर्न लागिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए । 

खैंजडी, मुजुरा, मृदङ्ग, मादल जस्ता परम्परागत बाजाका साथमा देशका विभिन्न जिल्लाबाट ५० भन्दा बढी समूह प्रतियोगितामा सहभागी हुने बताइएको छ । 

दर्ता भएका समूहलाई माघ महिनाभरी जिल्लामा छनोट गरी अन्तिम १५ समूहलाई पोखरा प्रदर्शनी केन्द्रमा प्रतिष्पर्धा गराइने छ ।

पुष्पाञ्जली भजन समूह र लायन्स क्लब अफ पोखरा भद्रकालीको संयुक्त आयोजनामा हुने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः ५० हजार, ३० हजार र २० हजारसहित प्रमाणपत्र तथा अन्य पाँच उत्कृष्ट समूहलाई तीन हजारसहित प्रमाणपत्र दिइने लायन्स क्लबका अध्यक्ष भरत कोइरालाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप