लघुकथा: मधुमास
-वैकुण्ठ ढकाल
महिनावारी सामान्य र स्वभाविक प्रक्रिया हो । अझै पनि महिनावारीका तीन दिन अलग्गै बस्ने चलन छँदैछ ।
विवाहको एक हप्ता पनि नबित्दै ‘पर’ सर्दा मलाई साह्रै नमज्जा लागेको थियो ।
भर्खर भर्खर मधुमासको आनन्द लिँदै गरेको अनि नयाँ ठाउँ, नयाँ परिवेशमा घुममिल पनि नभइसक्दा निकै कठिन भयो ।
अघिल्ला महिनामा पर सर्न ३५ दिन जान्थो । अहिले २५ दिनमै हुनुपरेको ...
भोलिपल्ट नन्द पनि पर सरिन् । सँगै सुत्ने साथी भइन् ।
विवाहबारे भर्खर भर्खर, जवान भएकी नन्दको पनि जिज्ञासा स्वाभाविक रूपमा त्यही भयो । मेरो खुल्लापनको फाइदा भनौं वा बेफाइदा ।
मधुमासको कथा सुनाएँ, भोगाइ सुन्दा नन्द पनि पानीपानी भइन् ।
यताउती खुब मडारिइन् । करिब २० मिनेट मडारिए पछि शिथिल भइन् । फगत कल्पनाबाट मुक्त भएपछि उनी एकएक दार्शनिक भइन् ।
मप्रति गहकिलो प्रश्न सोझ्याइन्– ‘भाउजू केटा मान्छेसँगको यत्तिमा त संसारको कुनै दुःख महसुस हुन्न होला है ?’
म हाँसे ।
किन कि मैले जीवन बुझेकी थिएँ ।