बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गीतः

शनिबार, २९ पुस २०७४, ०८ : ४९
शनिबार, २९ पुस २०७४

- डी.बी. धामी 

सहरको गल्लीगल्लीमा, कति नै डुल्नु 
सुस्केरा हाल्दै गोरेटोमा, कति नै हिँड्नु 
भाग्यमा लेखेनन् दैवले के गर्नु
सहरमा खाते सोचेर के गर्नु

डङ्गुरको थुप्रोमा यो मेरो जीवन छ
देख्नेले देखेसी कठै को भन्छ
हासेर बोलिदेऊ कतिलाई भनौँ
मायाले हेरिदेऊ कतिलाई भनौँ

कल्पनामा जीवन सोचेरै राख्या छु
फाटेको बोरा यो काँधैमा हाल्या छु

आमाले छोडेसी खै कसले सम्झिन्छ
कान्छी मायाको यो घाउ जहिले नि बल्झिन्छ
आँसुको थोपा यो चुहेरै गइसक्यो
खाएकै केही छैन दिन त्यसै गइसक्यो

सहरको गल्लीगल्लीमा, कति नै डुल्नु 
सुस्केरा हाल्दै गोरेटोमा, कति नै हिँड्नु  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप