शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कविता: सम्बन्ध

शनिबार, २९ पुस २०७४, ०८ : ४२
शनिबार, २९ पुस २०७४

-पुरुषोत्तम सानु  

सम्बन्ध हाम्रो त्यस्तो होस् हजुर 
दुई हातको बज्ने ताली होस् हजुर ।
स्वार्थ र घृणा मनमा खाली होस् हजुर 
माया र सम्मानको भारी होस् हजुर ।।

जीवनमा खुशी सधैँ सधैँ चुलियोस् हजुर 
सारा भोगेका पीडा कष्ट भुलियोस् हजुर ।
जीवनभरी तिमी मेरो म तिम्रो हुनु परोस्
शत्रुहरूको कहीँ कतै आँखा नलागोस् हजुर ।।

जीवन यस्तै यस्तै नै हुदो रहेछ,  हजुर
तिमी र मैले बाच्नु र बचाउनु पर्छ हजुर
 कहीँ कतै कसैबाट भूल नहोस् है हजुर
तिमीबिना मेरो जीवन अपूरो होस् हजुर

-ट्राफिक एफएम ९५.६

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप