गजल

person access_timeपुस २९, २०७४ chat_bubble_outline1

-सरस्वती गुरुङ  

विदेश विदेश कति भन्छौ, यही देशमा केही गर न साथी ।
बाँझो त्यो बारीभरी, सुनौलो मोती दाना छर न साथी ।

कस्तो हुन्छ परदेश त्यो, जानेलाई मात्रै थाहा हुन्छ ।
त्यही भएर मुटुभरी, आप्mनै देशको माया भर न साथी ।

पिज्जा वर्गर जे खाए नि, शान्ति मिल्दैन परदेशमा ।
आप्mनै देशमा खुसी साथ, आँटो खाई मर न साथी ।

हामी नि अमेरिका अस्टे«लियाका, जस्तै मान्छे हौँ ।
यस्तै सोची अब हरेक कार्यमा, अघि सर न साथी ।

हामी युवाले नगरे कसले गर्छ ? देशको विकास ।
काँधमा काँध मिलाई, दुःखको जँघार तर न साथी ।

कटारी, उदयपुर 
हाल : काठमाडौं 

 

कमेन्ट

  1. Jan. 13, 2018, 5:43 p.m. बिष्णुहरि मुखर्जी

    हाे मलाई पनि मेरै देशमा केही गर्नु थियाे साथी, मेरै पिपलपातले दिने हावाकाे श्वास भर्नुथियाे साथी।। कति बसुन् मेरा बुढा बा कठ्याङ्गिदै टहरामा अामालाई पनि घामपानी छेक्ने घरमा सर्नुथियाे साथी।। पिज्जा बर्गर कुन्नि केके भन्न पनि जान्दिन म त, दुईछाक टार्न जङ्गलमा गिट्ठाभ्याकुर चर्नु थियाे साथी।। साैखिन जिन्दगी जिउन हैन,साथी म नि परदेश अाकाे, ३ साल दशैमनाउँदा लागेकाे,ऋण तिर्नुथियाे साथी।। रचना सुन्दर साथै साेचपनि हजुरकाे......

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ