केन्द्रीय संस्करण

खोलाको बगरमा शव फेला

person access_timeपुस २९, २०७४ chat_bubble_outline0

कपिलवस्तु - खोलाको बगरमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । दाङ लमई नगरपालिका–५ गङ्डी राजपुर बस्ने ४० वर्षीय विकासु चौधरी शुक्रबार बुद्धभूमि नगरपालिका–१ टिक्करदेखि जंगलको कुन्द्रे खोला बगरमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक मनोहरराज श्रेष्ठले जानकारी दिए ।

घरबाट दुई दिनअघिदेखि हराइरहेका चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । चौधरी झारफुक गर्न भनी वाणगंगा नगरपालिका–९ रामदतिवन धाम आएको र बिहीबार साँझ आफूसँग घर जान्छु भनी हिँडेको धामका बाबाले जानकारी दिए । चौधरीले मादकपदार्थ सेवन गर्ने गरेको साथै उनलाई मृगी रोगसमेत भएको बताइएको छ ।

अत्यधिक मादकपदार्थ सेवन र बिरामीका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीले  अनुमान गरेको छ साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चुरामणि अर्याल

चुरामणि अर्याल रातोपाटीका जिल्ला संवाददाता हुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X