बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छताछुल्ल कांग्रेसमा गुट मौलायो

शनिबार, २९ पुस २०७४, ०६ : ४८
शनिबार, २९ पुस २०७४

नेपाली कांग्रेसभित्र आन्तरिक गुटउपगुटको जरा झन् फैलँदै गएको छ । आजको नेपाल समाचारपत्रमा मुख्य खबर छ ।

अघिल्लो निर्वाचनमा पहिलो दलको हैसियत कायम गरेको कांग्रेसभित्र यो निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि नेतृत्वको आलोचना सँगसँगै आन्तरिक किचलो पनि बढेको छ ।

१२ औं महाधिवेशनपछि केन्द्रदेखि गाउँ तहसमम पार्टीको सबै संरचनामा तत्कालीन शभापति शुसील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवाबीच ६० ४० को भागवण्डा हुने गरेको थियो ।

१३ औं महाधिवेशनबाट निर्वाचित सभापति देउवाले पार्टीभित्र हुने भागवण्डा अन्त्य गर्ने उद्घोष गरे पनि त्यो सम्भव हुन सकेको छैन ।

अहिले पार्टीभित्र देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाहेक तेस्रो गुटका रुपमा कृष्णप्रसाद सिटौला समूह पनि स्थापित भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप