बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एन आई सी एशिया म्यूचुअल फण्डको विक्री खुल्ला

शुक्रबार, २८ पुस २०७४, २१ : १८
शुक्रबार, २८ पुस २०७४

काठमाडौं – एन आई सी एशिया क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको एन आई सी एशिया ग्रोथ फण्ड यहि माघ  २ गतेदेखि बिक्री खुल्ला हुदैछ ।

औषतमा बैंकहरुले दिने निक्षेपको बार्षिक प्रतिफल भन्दा म्यूचुअल फण्डले उच्च प्रतिफल दिने विश्वासले  सर्वसाधारणहरुको म्यूचुअल फण्डप्रति आर्कषण बढेकोे जनाएको छ ।

उक्त म्यूचुअल फण्डले औषत बार्षिक रुपमा न्यूनतम १६ प्रतिशतसम्म नगद लाभांश दिने अपेक्षा  एन आई सी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेलले बताए ।  साथै, म्यूचुअल फण्डको बार्षिक प्रतिफल पहिलो बर्ष १५.५७ तथा सातौ बर्षमा १६.१३ प्रतिशत दिने लक्ष्य लिएको छ ।

लगानीबाट प्राप्त आम्दानीको आधारमा प्रतिफल वितरण गरिने हुँदा यसबाट प्राप्त हुने प्रतिफल उच्च हुनेमा क्यापिटल विश्वस्त रहेको छ । साथै यस फण्डले आम्दानीको आधारमा आफ्ना इकाई धनीहरुलाई प्रत्येक बर्ष नगद लाभाँश वितरण गर्नेछ ।

एन आई सी एशिया क्यापिटलले यो योजनाका इकाईहरु यही माघ २ गते, मंगलबारदेखि बिक्री खुल्ला गर्दैछ । उक्त फण्डको आकार १ अरव रुपैयाँको रहेको छ । जसमध्ये सो को १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवद्धक एन आई सी एशिया बैंक लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई विभिन्न संघ संस्था तथा व्यक्तिहरुका लागि बिक्री गरिनेछ । योजना छिटोमा माघ ८ गते तथा ढिलोमा माघ २१ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला हुनेछ ।

यो म्यूचुअल फण्डमा सहभागी हुन चाहाने संघसंस्था तथा व्यक्रिहरुले न्यूनतम १०० इकाई देखि अधिकतम् २० लाख इकाई सम्म खरिद गर्नका लागि आवेदन गर्न सकिने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप