शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनाङ मस्र्याङ्दी सेमिफाइनलमा

शुक्रबार, २८ पुस २०७४, २१ : १५
शुक्रबार, २८ पुस २०७४

धनगढी – रुपन्देही–११ लाई पराजित गर्दै मनाङ मस्र्याङ्दी यहाँ जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता‘को सेमिफाइनलमा प्रवेश गरेको छ । 

स्थानीय रंङ्गशालामा आज भएको अन्तिम क्वाटर फाइनल खेलमा रुपन्देही–११ लाई शून्यका विरुद्ध ४ गोलले पराजित गर्दै मनाङ सेमिफाइनलमा प्रवेश गरेको हो । बीसौं मिनेटमा मनाङका विदेशी भिक्टोर अमोवीले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफमा १ गोलले अगाडि रहेको मनाङले दोस्रो गोल आत्मघाती उपहार पाएको थियो । 

छिरिङ गुरुङले बचाउ गर्न खोज्दा दोस्रो हाफको ५५ औँ मिनेटमा आफ्नै पोष्टमा गोल हुन पुगेपछि मनाङको अग्रता दोब्बर भएको थियो । खेलको अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको मनाङका लागि ८३ औँ मिनेटमा विशाल राई र ८४ औँ मिनेटमा विमल रानाले गोल थपेका थिए । विदेशी भिक्टोर खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भई पुरस्कृत भए । 

आजको खेल सकिएसँगै सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको क्वाटर फाइनलको समीकरण पूरा भई सेमिफाइनलमा पुग्ने चार टोालीको टुङ्गो लागेको छ । 

प्रतियोगिताअन्तर्गत शनिबार मनाङ मस्र्याङदी र त्रिभुवन आर्मीबीच पहिलो सेमिफाइनल र आइतबारसुदूरपश्चिम–११ र विभागीय टिम एपिएफबीच दोस्रो सेमिफाइनल हुनेछ । 

जितपछि प्रतिक्रिया दिदै मनाङ मस्र्याङ्दीका प्रशिक्षक हेमन्त आलेले खेलाडीको समन्वय र रणनीतिका कारण जीत हासिल भएको बताए । रुपन्देही–११ का कप्तान दिलीप क्षेत्रीले आफ्नै गल्तीले शुरुमै गोल खाँदा दवावमा परेर हार बेहोर्नुपरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप