शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘नयाँ जनादेशको सम्मान नगर्नु दुर्भाग्य’ –  नेता महरा

शुक्रबार, २८ पुस २०७४, २१ : ००
शुक्रबार, २८ पुस २०७४

दाङ – नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले वर्तमान सरकारले वाम गठबन्धनको सरकार गठनका लागि ढोका खोलिदिनुपर्ने बताए ।

संवाद समूह क्षेत्रीय सचिवालय तुलसीपुरको आयोजनामा आज यहाँ गरिएको स्वागत तथा बधाइ कार्यक्रममा उनले भने, ‘ताजा जनादेश आएको महिनौं भयो तर, विभिन्न बहानामा सरकारले नयाँ जनादेशको सम्मान नगर्नु दुर्भाग्य हो ।’’ उनले प्रदेश ५ को राजधानी दाङ बन्नेमा ढुक्क हुन सबैलाई आग्रहसमेत गरे ।  

कार्यक्रममा नेकपा (एमाले) का नेता एवम् प्रदेशसभा सदस्य शंकर पोखरेलले ‘लोकतन्त्रको भजन गाउनेहरू’ले नै लोकतन्त्रिक प्रणालीलाई उपहास गरेको आरोप लगाए ।उनले भने, ‘‘चुनाव सम्पन्न भएको एक महिना बितिसकेको छ तर, नयाँ सरकार गठनका लागि वर्तमान सरकारले ढोका खोल्दैन, अन्योलबीच मुलुक अगाडि बढेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप