शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जामे मस्जिद बनाउन १० रोपनी जग्गा उपलब्ध गराइने

शुक्रबार, २८ पुस २०७४, २० : ५५
शुक्रबार, २८ पुस २०७४

रत्ननगर (चितवन) – भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले विभिन्नका सार्वजनिक तथा ऐतिहासिक जग्गा भूमाफियाबाट कब्जा गर्ने प्रवृत्ति रोक्नुपर्ने बताए ।

खैरहनीमा आजदेखि शुरु पाँचौँ खिचरा महोत्सवको उद्घाटन गर्दै मन्त्री दहितले भने, ‘सुकुम्बासीको नाममा होस् या हुकुम्बासीको नाममा, विभिन्न भूमाफियाहरूले साँस्कृतिक महत्व र जनसरोकार राख्ने तथा ऐतिहासिक ठाउँहरू कब्जा गर्ने र बिक्री वितरण गर्ने प्रवृत्ति छ, यसलाई निरुत्साहन गर्नुपर्छ । स्थानीय निकाय र जनप्रतिनिधि तथा स्थानीया सरकारले यसतर्फ गम्भीर भएर सोच्ने बेला आएको छ ।’ 

देशमा रहेका विभिन्न साँस्कृतिक महत्वका विषय संरक्षण गर्नुपर्नेमा जोड दिँदै मन्त्री दहितले आज मात्रै मन्त्रिपरिषद्को बैठकले काठमाडौंमा माघी पर्व मनाउन रु १५ लाख सहयोग गरिने तथा आफ्नै प्रस्तावमा जामे मस्जिद बनाउन काठमाडौंमा १० रोपनी जग्गा उपलब्ध गराइने निर्णय गरेको जानकारी दिए ।  

‘राष्ट्रिय एकता र विविधता हाम्रो शानः बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान’ भन्ने नारासहितको पाँचौ खिचरा महोत्सव आगामी माघ ८ गतेसम्म चल्नेछ । थारु कल्याणकारिणीसभा क्षेत्र नं.७ को आयोजनामा भएको महोत्सवमा थारु आन्दोलनका बेला घाइते भएका सञ्जित महतोेको उपचारमा महत्वपूर्ण सहयोग गरेवापत एलाइभ अस्पतालका चिकित्सक डा प्रमोद लामिछाने र डा विएम खरेललाई सम्मान गरिएको थियो । 

यस्तै घाइत महतोलाई आजै सम्मान गर्दै थारु कल्याणकारीसभा दक्षिण कोरियाबाट प्राप्त रु एक लाख ५०० समेत हस्तान्तरण गरिएको थियो । थारु सँस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना भएको महोत्सवमा प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनी पनि गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप