शिक्षालयको स्वर्ण अंक बिशेष कार्यक्रममा शिक्षासेवीहरु सम्मानित

person access_timeपुस २८, २०७४ chat_bubble_outline0

काठमाडौँ – शिक्षालय राष्ट्रिय मासिकले स्वर्ण अंक अर्थात ५० अंक पुरा गरी ५१ अंकको शुरुवात तथा इन्युजपाना डट कम को शुरुवातको अवसरमा  आज ललितपुरमा एक कार्यक्रम बीच विभिन्न क्षेत्रका शिक्षासेवीहरुलाई सम्मान गर्दै कदर पत्र प्रदान गरेको छ ।

 

पत्रिकाले ६ वर्षको अन्र्तरालमा सहयोग सल्लाह तथा सुझाव दिदै आएका विभिन्न लेखक पत्रकार, विज्ञापनदाता लागयत विभिन्न व्यक्तित्वहरुलाई कार्यक्रममा कदरपत्र प्रदान गरिएको प्रकाशक तथा सम्पादक श्याम तण्डुकारले बताए । 

उक्त कार्यक्रम पत्रिकाको स्वर्ण अंक पूरा तथा इन्युजपाना डटकमको शुभारम्का कारण समेत विशेष रहेको थियो ।  शिक्षा क्षेत्रका साथै सो पत्रिकामा योगदान गरेवापत ४० व्यक्तित्वलाई युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले एक कार्यक्रममा सम्मानित गरे । 

सम्मानित हुनेमा तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य सचिव भीमलाल गुरुङ, परीक्षा नियन्त्रण कार्यालयका उपनिर्देशक गेहनाथ गौतम, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का उपाध्यक्ष दीपिका थापा, सचिव मधु लोहनी, ग्लोबल एक्सन नेपालका अध्यक्ष विके श्रेष्ठ, फोटो पत्रकार चन्द्रमान डंगोल, विद्यालय सञ्चालक केपी पाण्डे, रामहरि सिलवाल, फादर श्यामुअल लगायत थिए । 

राज्यमन्त्री चौधरीले शिक्षामा राज्यले लगानी नबढाएसम्म गुणस्तरीय शिक्षाको विकास हुन नसक्ने बताए । उनले आफूले तराई–मधेशका विपन्न विद्यार्थीका लागि शिक्षाको पहुँच वृद्धिका लागि काम गर्दै आएको जनाए ।  

नेपाल सरकार पूर्वसचिव महाश्रम शर्माले संघीयतामा शिक्षाको सहज सञ्चालनका लागि स्थानीय सरकारका लागि केन्द्र सरकारले सहजीकरण गर्नुपर्ने बताए ।  त्यस्तै, रातोपाटी डटकमका प्रधानसम्पादक ओम शर्माले  ‘शिक्षा क्षेत्रमा व्यापारीकरण र माफियाकरणबारे सञ्चार जगतले आलोचनात्मक समाचार दिन आवश्यक रहेको बताए ।

प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, प्रेस काउन्सिल नेपालका सदस्य शुभेक्षा बिन्दु, शिक्षा पत्रकार समूहका अध्यक्ष दीपक दाहाल, शिक्षा पत्रकार सञ्जालका पूर्वअध्यक्ष ईश्वरराज ढकालले अनलाइनलाई शुभकामना व्यक्त गरेका थिए ।   कार्यक्रममा शिक्षालय मासिकको स्वर्ण अंकको पनि विमोचन पनि गरिएको थियो । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ