मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आनको १८ औं बार्षिकोत्सव सम्पन्न

शुक्रबार, २८ पुस २०७४, १९ : १९
शुक्रबार, २८ पुस २०७४

काठमाडौं – नेपाल  विज्ञापन संघको १८ औ वार्षीक  साधारणसभा सम्पन्न भएको छ  । कार्यक्रमको  अध्यक्षता आन नेपाल विज्ञापन संघका अध्यक्ष सन्तोष श्रेष्ठले गरेका थिए । 

कार्यक्रममा सुचना तथा संचार मन्त्रीले प्रमुख आतित्थ्यता गर्र्दैै आनले  एशियन फेडरेसन अफ एडभरटाईजिङ एसोसिएशनको सदस्यता लिएको र आगामी दिनमा अन्तराष्ट्रिय फोरममा पनि जान सुझाब दिएका थिए । 

क्लिन फिडको बिषयमा एकपक्षले लगाउन जोड गरेको र अर्को पक्षबाट लगाउन नहुने भन्दै आएकोमा मन्त्रालय समस्यामा रहेको बताए । 

कार्यक्रमको बन्द सत्रबाट आज आगामी तीनवर्षका लागि कार्यसमिति चयन हुदैछ जस्मा अध्यक्ष रबिन्द्र कुमार रिजाल बरिष्ठ उपाध्यक्ष  सोम धिताल प्रथम उपाध्यक्ष नारायण  कुमार श्रेष्ठ, द्धितिय उपाध्यक्ष  धर्मेन्द्र काजि श्रेष्ठ, महासचिब राजु कुईकेल  सह—कोषाध्यक्ष  पंकज प्रधान, सचिबमा कृष्ण घिमिरिे र ६ जना सदस्य रमेश पुरि, रोशन प्रसाई,  अरुण स्थापित, बिशाल पुरुष ढकाल, सन्तोष खडका, किरण गैहे्र निर्बिरोध भएको र केबल कोषाध्यक्षका लागि मतदान भएकोमा पिताम्बर पोखरेल विजयी भएका छन् ।


 वार्षिक ६ सय करोड बढिको  कारोबार रहेको यस व्यबसायको  निर्वाचन तथा आगामी नेतृत्बको जिम्मेबारी अर्थपूर्ण रहेका कुरा कार्यक्रमका बक्ताहरुले प्रकाश पारे ।  कार्यक्रममा विभिन्न बक्ताहरुले आफ्नो सुझाव पेश गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप