शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैनः  प्रधानन्यायाधीश

शुक्रबार, २८ पुस २०७४, १८ : ५५
शुक्रबार, २८ पुस २०७४

रुकुम– प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताएका छन् । 

रुकुम पूर्वको जिल्ला अदालत आज उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा केही नहुने बताए । आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उनको भनाइ छ । 

“मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन”, उनले भने । विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उनको धारणा छ । “हिजो पनि न्यायालय न्यायमूर्ति थियो”,उनले भने, “आज र भोलि पनि न्यायमूर्ति रहन्छ ।” 

न्यायकर्मी जनताको भावना, न्यायको मूल्यमान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उनले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुन निर्देशन दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप