शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्यूनतम् पारिश्रमिकको अध्यक्षमा पत्रकार पराजुली

शुक्रबार, २८ पुस २०७४, १८ : १३
शुक्रबार, २८ पुस २०७४

काठमाडौँ– सरकारले न्यूनतम् पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा वरिष्ठ पत्रकार गंगाधर पराजुलीलाई नियुक्त गरेको छ ।  सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार पराजुलीलाई समितिको अध्यक्षमा दुई वर्षका लागि नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । 

समितिको रिक्त अध्यक्ष पदका लागि मन्त्रालयले यसअघि खुला आवेदन गरेको र सो पदमा आठ जनाको आवेदन परेको थियो । आवेदकमध्येबाट कार्ययोजना र प्रस्तुतीकरणपछि अन्तिम छनौटमा  परेका  पत्रकार पराजुलीलाई सरकारले समितिको अध्यक्षमा नियुक्त गरेको हो । 

विगत २५ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय पराजुलीले व्यवस्थापन विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । पत्रकारिताका दौरानमा उनले गोरखापत्र दैनिक, कान्तिपुर दैनिक, नेपाल टेलिभिजन, नेपाल समाचारपत्रलगायत विभिन्न राष्ट्रिय र स्थानीय सञ्चारमाध्यममा काम गरिसकेका छन् । 

पोखरा निवासी उनी यसअघि राष्ट्रिय समाचार समिति (रासस) का सञ्चालक समिति सदस्य भइसकेका छन् । पत्रकारिताका क्रममा दर्जनौँ राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भइसकेका वरिष्ठ पत्रकार पराजुलीले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, चीन, भारत, दक्षिण कोरिया, हाइटी, जापान, थाइल्याण्ड, डेमोनिकन रिपब्लिकलगायत मुलुकको भ्रमण गरिसकेका छन् ।  उनले नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्ष भएर काम गरिसकेका छन्  । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप