बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस नेता रामशरण महतले दिए डा.गोविन्द केसीलाई चेतावनी

शुक्रबार, २८ पुस २०७४, १७ : ५७
शुक्रबार, २८ पुस २०७४

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.रामशरण महतले जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन् । शुक्रबार राजधानीमा रिपोर्टस् क्लबले आयोजना गरेको साक्षातकर कार्यक्रममा बोल्दै नेता महतले सो चेतावनी दिएका हुन् । 
साक्षात्कारमा बोल्दै उनले भने, ‘अदालत भनेको स्वतन्त्र न्यायपालिका हो, यही मान्यता अनुसार स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ, कुनै दबाब वा हस्तक्षेप गर्नुहुँदैन् ।’

अदालतको विषयमा पार्टीको अडान हुन नहुने उनको भनाई थियो । साक्षात्कारमा उनले भने, ‘दलहरुले अदालतलाई प्रभाव पार्ने कुरा गर्नुहुँदैन्, यो गलत हुन्छ ।’ महतले गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीको राजीनामा मागेको विषयप्रति टिप्पणी गर्दै भने,‘जहाँसम्म केसीको माग छ, राजीनामा दिने वा नदिने भन्ने कुरा प्रधानन्यायाधीशको आफ्नो कुरा हो, तर आरोपका आधारहरु प्रमाणित गर्नुपर्छ, सत्यता हो कि होइन भन्ने कुरा आउनुपर्छ ।’ आरोपका सत्यताहरु बाहिर आउनुपर्नेमा महतले जोड दिए । 

यद्धपि उनले केसीले उठाएका शैक्षिक तथा स्वास्थ्यसम्बन्धी मागहरुमध्ये आफू अर्थमन्त्री हुँदा कतिपय पूरा गरिदिएको पनि जानकारी दिए । उनले भने,‘केसीले उठाएका मेडिकल एजुकेशनसम्बन्धीका मागमा राम्रा कुराहरु छन्, तीनलाई सम्बोधन गर्न मैलेपनि पहल गरेकै हो ।’

उनले भने,‘प्रधानन्यायाधीशको उमेर खासगरी नागरिकता र शैक्षिक प्रमाणपत्रको विवादबारे छानबिन भएर चाँडो बाहिर आउनुपर्छ, कानूनलाई आधार मानेर निर्णय हुनुपर्छ, तर कानूनलाई मिचेर निर्णय लिनुहुँदैन् ।’ अदालत न्यायको मन्दिर भएकोले यसलाई निश्पक्ष ढंगले काम गर्न दिनुपर्ने उनको थियो । 

नेता महतले मुलुकमा निर्वाचनपछि संक्रमणकाल सकिएको भनिएपनि नयाँ संक्रमणको सुरुवात भएको गुनासो पोखे । संघीय प्रणालीमा मुलुक जाँदा नयाँ खाले संक्रमणहरुको सुरुवातहरु देखिएको उनको भनाई थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप