बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कासमु प्रकरणमा जोडिएका सम्पादकले बुझाए लिखित जवाफ

शुक्रबार, २८ पुस २०७४, १७ : ०८
शुक्रबार, २८ पुस २०७४

काठमाडौं– आइजिपी नियुक्तिको कार्यसम्पादन मूल्यांकन ‘किर्ते’ प्रकरणमा जोडिएका तीन वटा अनलाइनका सम्पादकहरुले प्रेश काउन्सिलमा लिखित जवाफ पेश गरेका छन् । शुक्रबार तीनवटै अनलाइनका सम्पादकले काउन्सिल पुगेर जवाफ पेश गरेका हुन् । 

यसअघि उनीहरुलाई काठमाडौ प्रहरीले सो प्रकरणको छानबीनका लागि भन्दै समाचार श्रोत उपलव्ध गराउन पत्र काटेको थियो ।

तर, प्रहरीले कार्यक्षेत्र विपरित गएर समाचार श्रोतको खोजी गरेको भन्दै विरोध भएपछि काउन्सिलले त्यसवारे उनीहरुसँग लिखित जवाफ माग्दै छानवीन थालेको थियो । 

तत्कालिन डिआइजी नवराज सिलवालले आइजीपी नियुक्तिप्रति असहमति जनाउदै सर्वोच्चमा मुद्धा हालेपछि ‘कासमु’ बारे विवाद भएको थियो । 

कासमु सिलवालले अनलाइनबाट पाएको र अनलाइन सम्पादकहरुले आफ्ुसँग प्रमाण भएको बताएपछि सत्यता के हो भनेर काउन्सिलले छानविन थालेको कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले बताए । 

महानगरीय प्रहरी परिसर काठमाडौंले रोशन खड्का (काठमाडौं पार्टी डटकम), रवि धामी (मुलधार न्युज डटकम) मदनबाबु भण्डारी (सुशासन डटकम), खिलानाथ ढकाल (शुभदिन डटकम) र रोशन पाण्डेलाई सिलवालसँग सम्बन्धित समाचारको श्रोत माग्दै पत्रचार गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप