शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य क्षेत्रमा माफियातन्त्र हावी छ : देव गुरुङ

शुक्रबार, २८ पुस २०७४, १६ : ४९
शुक्रबार, २८ पुस २०७४


लमजुङ– माओवादी नेता देव गुरुङले स्वास्थ्य क्षेत्र व्यापारिकरणमा परिणत भएकाले सो क्षेत्र धरापमा परेको बताएका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका गुरुङले शुक्रबार लमजुङको राइनास नगरापालिका वडा नम्बर ३ अल्कटारमा आयोजित स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
गुरङले सरकारले गर्नुपर्ने काम नीजि क्षेत्रवाट भएपनि सरकारले खासै चासो नदेखाएको टिपप्णी समेत गरे । उनले भने, ‘धन सम्पति भएका मानिसहरु सानो विरामी भएपनि विदेशमा उपचार गर्न जान्छन् तर गरिब तथा निमुखाहरु सानो उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्यछन् ।’ 
अव सबै वर्ग र क्षेत्रका मानिसहरुमा स्वास्थ्यमा पहुँच पुर्याउन आफू लागि गुरुङको भनाई थियो । कार्यक्रममा सांसद धनञ्जय दवाडीले युवा क्लवहरुले गर्नेजति काम समेत सरकारले गर्न नसकेको बताए ।
स्थानीय अल्कटार युवा क्वलको आयोजना र चितवन मेडिकल केलेजको सहयोगमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।
शिविरमा जनरल सर्जरी, जनरल मेडिसिन, स्त्री तथा प्रसुति, बाल रोग, दन्त रोग, हाड जोर्नी, छाला रोग, नाक, कान, घाँटी रोग र नशा तथा मानसिंक रोग विशेषज्ञ सेवा प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
शिविरमा भिडियो एक्सरे तथा इसीजि सेवा पनि उपलव्ध गराईने भएको क्वलका उपाध्यक्ष सोवित पन्तले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप