शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानन्याधीश पराजुलीको नागरिकताबारे छानविन गर्न नयाँशक्ति र विवेकशीलको दवाव

शुक्रबार, २८ पुस २०७४, १६ : ३६
शुक्रबार, २८ पुस २०७४

तनहुँ– प्रधानन्यायाधीश गोपल पराजुलीको नागरिकता छानवीन गर्न माग गर्दै नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टी तनहुँले शुक्रवार प्रमुख जिल्ला अधिकारी रितेश कुमार शाक्यलाई ज्ञापनपत्र बुझाएका छन् । 
नयाँ शक्ति पार्टी नेपाल व्यास नगरपालिका संयोजक अमर भण्डारी र विवेकशील साझा पार्टीका जिल्ला संयोजक सागर घिमिरेले हस्ताक्षर गरेर ज्ञापनपत्र बुझाएका हुन् । देशमा व्यप्त वेथिति, माफियाकरण तथा भ्रष्टाचारको विरुद्धमा निरन्तर संर्घषरत डा. गोविन्द केसीको पछिल्लो आन्दोलनको सामाजिक रुपान्तरणसँगै सुशासनको आशा गर्ने सम्पूर्ण सचेत नागरिकलाई आन्दोलित बनाएको उल्लेख गर्दै डा. केसीको रिहाईसंगै आन्दोलन नयाँ ढंगले अघि बढेको उनीहरुले जनाएका छन् ।
‘विभिन्न मुद्धामा विवादित प्रधानन्यायधीश गोपाल पराजुलीले जिल्ला प्रशासन कार्यालयबाट २०३० साल श्रावण २१ गते लिएको नागरिकताको जन्म मितिमा किर्ते गरी प्रधानन्याधीश बन्नका लागि पेश गरिएको जन्म मिति फरक पर्न गएकोले सत्य तथ्य छानविन गरी कानुनी दायरमा ल्याउन जोडदार माग गर्दछौ’ विज्ञप्तीमा भनिएको छ । विज्ञप्ती बुझ्दै प्रजिअ शाक्यले सम्वन्धित निकायबाट निर्देशन भए इमान्दारपूर्वक सत्य र तथ्य रुपमा प्रशासनले छानविन प्रक्रिया अघि बढाउने विश्वास दिलाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप