शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिंहदरवारमै बस्यो कार्यदलको पहिलो वैठक, शुरु गर्यो आफ्नो काम

शुक्रबार, २८ पुस २०७४, १५ : ५९
शुक्रबार, २८ पुस २०७४

काठमाडौं– एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले शुक्रबारबाट काम थालेको छ । 
६ सदस्यी कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाउन शुक्रबारबाट छलफल थालेको हो ।
एमाले संसदीय दलको कार्यलयमा बसेको बैठकले आजैबाट काम थालेको कार्यदल सदस्य तथा एमाले नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । 
‘कार्यदेश अनुसार छलफल सुरु भएको छ, सम्बद्ध कागजातको अध्ययन गरी अघि बढ्ने सहमति भएको छ’नेम्वाङले भने । 
उनले कार्यदलले तत्काल गर्नुपर्ने र पछि गर्ने कामको विभाजन गरेर काम सुरु गरेको पनि बताए । ‘मुख्यगरी चारवटा विषयलाई आधार बनाएर छलफल सुरु भएको हो, जसमा राष्ट्रियसभा गठनका लागि सांसद, गाउँपालिका प्रमुख उपप्रमुख, नगर प्रमुख उपप्रमुख, प्रदेशका लागि प्रदेश प्रमुख उपप्रमुख, सरकार प्रमुख मन्त्रालय, मुख्यमन्त्री, सभामुखका लागि सम्बन्धित दलले अध्ययन गर्नुपर्ने हुन्छ ,यिनै चार विषयलाई आधार बनाएर छलफल सुरु भएको छ ’ नेम्वाङले रातोपाटीलाई बताए । 
कार्यदलमा एमालेबाट सुभाषचन्द्र नेम्वाङ,  शंकर पोखरेल र सुरेन्द्र पाण्डे सदस्य छन् भने माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मात्रिका यादव सहभागी छन् ।
कार्यदलको बैठक आइतबार बस्नेछ । 
शुक्रबारको बैठकमा एमालेका शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादीका बर्षमान पुन अनुपस्थित भए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप