दाङमा जाडोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु
शुक्रबार, २८ पुस २०७४, १५ : २१
तुलसीपुर– दाङको गढवामा जाडोले कठ्याङ्ग्रिएर आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं १ बडराकमका ७१ वर्षीय जोखु चौधरी रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । चौधरी अविवाहित र अपाङ्गता भएका व्यक्ति हुन् ।
उनका भतिजाहरु कामको सिलसिलामा भारतमा रहेको र स्याहारसुसार गर्ने व्यक्ति कोही पनि नहुँदा अत्यधिक जाडोमा न्यानो कपडाको अभावले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको स्थानीय नवराज शर्माले जानकारी दिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी