बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दाङमा जाडोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु

शुक्रबार, २८ पुस २०७४, १५ : २१
शुक्रबार, २८ पुस २०७४

तुलसीपुर– दाङको गढवामा जाडोले कठ्याङ्ग्रिएर आज एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं १ बडराकमका ७१ वर्षीय जोखु चौधरी रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । चौधरी अविवाहित र अपाङ्गता भएका व्यक्ति हुन् । 

उनका भतिजाहरु कामको सिलसिलामा भारतमा रहेको र स्याहारसुसार गर्ने व्यक्ति कोही पनि नहुँदा अत्यधिक जाडोमा न्यानो कपडाको अभावले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको स्थानीय नवराज शर्माले जानकारी दिएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप