गाई काटेको अभियोगमा पक्राउ

person access_timeपुस २८, २०७४ chat_bubble_outline0

नवलपरासी । गाई काटेको आरोपमा नवलपरासीमा एक जना पक्राउ परेका छन् । 

गैँडाकोट नगरपालिका–३ करडिप बस्ने ४९ वर्षीय चन्द्रबहादुर गुरुङलाई गाई काटेको अभियोगमा बिहीबार प्रहरीले पक्राउ गरेको हो ।     

गाई काटेको खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले गुरुङलाई हँसियाले गाईको गर्धन काटी मारेको अवस्थामा फेला पारेको थियो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ