शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुससँगको सीमा विवादबारे बोले बेलारुसका राष्ट्रपति

शुक्रबार, २८ पुस २०७४, १५ : १७
शुक्रबार, २८ पुस २०७४

एजेन्सी– बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले रुससँग भएका सीमा विवादहरु वार्ताका माध्यमबाटै जतिसक्दो चाँडै सुल्झाउने बताएका छन् ।  सरकारद्वारा सञ्चालित समाचार संस्था टेलेग्राफले जनाएअनुसार विगतदेखि रुससँग जारी रहेको सीमा विवादलाई वार्ताको माध्यमबाट समाधान गर्ने योजना सरकारले बनाएको छ । 

उनले गत जनवरी १७ मा बेलारुसले ३९ वटा युरोपियन राष्ट्रसहित ८० वटा राष्ट्रका नागरिकलाई पाँच वर्ष प्रवेशआज्ञा दिइने नयाँ योजना सार्वजनिक गरेको पनि जानकारी दिए ।  लुकासेन्कोले मिन्स्कमा भएको एक प्रेस सम्मेलननमा बेलारुसमा प्रवेशाज्ञामा नियमितता ल्याइएको बताएका छन् । रुस र बेलारुसबीचको सीमालाई युरोपमा बलियो सीमाका रुपमा लिने गरिन्छ । 

राष्ट्रपतिले बेलारुस र रुसका कानून निर्माताहरुले रचनात्मक र एक सुव्यवस्थित समन्वय एकाइ राख्नु आवश्यक भएको बताएका छन् । 

बेलारुसले र रुसले सन् १९९५ मा भएको सम्झौतापछि नै सीमा नियन्त्रण गर्न छाडेको थियो ।  यथार्थमा रुस र बेलारुसको सीमाबाट तेस्रो मुलुकको नागरिक प्रवेशमा सन् २०१६ बाट रुसले कडाइ गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप