बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘मुटुको ढुकढुकी’ : सोहम र एलिनाको रोमान्स

शुक्रबार, २८ पुस २०७४, १५ : १४
शुक्रबार, २८ पुस २०७४

काठमाडौं – अभिनेता सोहम भेटवाल र मोडल एलिना रायमाझी एकान्तमा भेटिएका छन् । रोमान्सको अवस्थामा यी दुबै एकान्तमा भेटिएका हुन् । दुबैले रियल नभएर रिल रोमान्स गरेका हुन् । 

‘मुटुको ढुकढुकी’ बोलको सार्वजनिक गीतमा सोहन र एलिसाको रोमान्स देख्न सकिन्छ । युट्युवबाट सार्वजनिक गीत चर्चित गीतकार नृपेश उप्रेतीको शब्द रहेको छ । 

म्युजिक भिडियोमा सोहम र एलिनाको कलात्मक नृत्य समेत देख्न सकिन्छ । शान्तिम कोइराला र सपना रानी जोशीको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । 

अर्जुन सापकोटाको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । सोम कुस्कुमाझीको निर्देशनमा भिडियो तयार भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप