शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्लाइन्ड रक्स : बेनिशाको ‘उड्यो मन’

शुक्रबार, २८ पुस २०७४, १५ : ०७
शुक्रबार, २८ पुस २०७४

काठमाडौं – चलचित्र ‘ब्लाइन्ड रक्स’ प्रदर्शनका लागि तयार भएको छ । 

निर्माण युनिटले चलचित्रको पहिलो गीत रिलिज गरेका छन् । 

बेनिशा हमाल माथी फिचरिङ गरिएको ‘उड्यो मन...’ बोलको गीतमा कत्थक नृत्य र शास्त्रिय संगीत मिश्रण छ । 

हरि लम्सालद्धारा संगीतबद्ध गीतलाई बाँनिका प्रधानले गाएकी छन् । गीतमा नरेश भट्टराईका शब्द छन् ।

दुर्घटनामा दृष्टि गुमाएकी सृष्टि केसीको जीवनीमाथि बनेको चलचित्र  पेश मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रमा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टको समेत मुख्य भूमिका छ । हमालले सृष्टिको भूमिकामा अभिनय गरेकी छन् । 

लन्डन प्रदर्शन गरिएको चलचित्र १८ फागुनमा स्वदेश प्रदर्शनमा आउँदैछ । 
एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र निर्माण भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप