शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्युत चोरी गरेको आरोपमा छ जना पक्राउ

शुक्रबार, २८ पुस २०७४, १५ : ०२
शुक्रबार, २८ पुस २०७४

तुलसीपुर । विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत चोरीको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको छ ।

हुक मार्फत मेन तारबाट विजुली चोरेर घरमा बालेको आरोपमा पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका सुब्बा युवराज विष्टले जानकारी दिए । 

पक्राउ पर्नेमा बबई गाउँपालिका ७ बस्ने बर्ष ३० का प्रकाश विक, दंगिशरण गाउँपालिका २ बस्ने बर्ष ६० का भोलबहादुर विक, सोही ठाउँका ४८ बर्षका कलबहादुर नेपाली, बर्ष २७ का सूर्य बहादुर चौधरी, बर्ष १६ का, सुरज विक,  बर्ष ६३ का पिमलाल नेपाली रहेका छन् । उनिहरुलाई इलाका प्रहरी कार्यालयको सहयोगमा गएराती घरबाट नियन्त्रणमा लिएको प्राधिकरणका प्रमुख दिपकजंग चौधरीले बताए ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओपेन्द्र बस्नेत
ओपेन्द्र बस्नेत
लेखकबाट थप