विद्युत चोरी गरेको आरोपमा छ जना पक्राउ
शुक्रबार, २८ पुस २०७४, १५ : ०२
तुलसीपुर । विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत चोरीको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको छ ।
हुक मार्फत मेन तारबाट विजुली चोरेर घरमा बालेको आरोपमा पक्राउ गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका सुब्बा युवराज विष्टले जानकारी दिए ।
पक्राउ पर्नेमा बबई गाउँपालिका ७ बस्ने बर्ष ३० का प्रकाश विक, दंगिशरण गाउँपालिका २ बस्ने बर्ष ६० का भोलबहादुर विक, सोही ठाउँका ४८ बर्षका कलबहादुर नेपाली, बर्ष २७ का सूर्य बहादुर चौधरी, बर्ष १६ का, सुरज विक, बर्ष ६३ का पिमलाल नेपाली रहेका छन् । उनिहरुलाई इलाका प्रहरी कार्यालयको सहयोगमा गएराती घरबाट नियन्त्रणमा लिएको प्राधिकरणका प्रमुख दिपकजंग चौधरीले बताए ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय तुलसीपुरमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मेयर’ले राजनीतिक फिल्मको असली स्वाद पस्किन्छ : दीपेन्द्र
-
एक दिनमा कति लिटर पानी पिउनुपर्छ ?
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : चौथो जितसँगै बागमती प्रदेश पहिलो स्थानमा
-
आलोचनापछि गृहमन्त्री लामिछानेले भने : हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन
-
नौ महिनामा नेपालीले ‘राष्ट्रिय फल’ सुन्तला कति खाए ?
-
यसरी समातियो शृङ्खलाबद्ध सहकारी चोरीमा संलग्न ‘फाखेल ग्रुप’