मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सर्पको सेक्स गर्ने तरिका बुझेपछि अचम्ममा पर्नुहुनेछ तपाईं !

शुक्रबार, १६ असार २०७४, १२ : २७
शुक्रबार, १६ असार २०७४

बीबीसी

सेक्स संसारको सबैभन्दा जटिल मसला हो । प्रकृतिले यसलाई यति जटिल बनाएको छ जसबारे जति अनुसन्धान गर्यो त्यती नै नयाँपन देखिन्छ भने त्यति नै अचम्मित गरिदिने तथ्य सार्वजनिक हुन्छन् । हरेक जीवसँग सेक्सको तरिका, दृष्टिकोण, मिथ परिवर्तन हुने गर्दछ । चाहे त्यो मानिससँग सम्बन्धित होस् वा सर्पसँग ।

जीजस रिवास अमेरिकाको मेक्सीको हाइल्याण्ड युनिभर्सिटीमा सर्पका विशेषज्ञ हुन् । अंग्रेजीमा यस्ता जानकारलाई हर्पिटोलोजिस्ट भनिन्छ ।

केही समय अघि जिजसलाई दक्षिण अमेरिकामा पाइने विशालकाय सर्प अर्थात् एनाकोन्डाको यौनजीवनबारे अचम्म जानकारी प्राप्त भयो ।

एनाकोन्डामा सेक्स पछि पोथीले भालेलाई खाने गर्दछ । योभन्दा अघि वैज्ञानिकले सर्पको सेक्समा पोथी हावी हुने बुझ्दथे ।

पोथी सर्प भालेको इशारामा नाच्छ भन्ने सोच्ने गरिन्थ्यो । तर एनाकोन्डाबारे यो जानकारीले उनलाई अचम्मित बनाइदिएको छ । जिजसका अनुसार सर्पको मेटिङबारे यो सबैभन्दा ताजा जानकारी हो ।

सेक्समा हावी हुन्छन् पोथीः

अन्य प्रजातीको जनावरमा भाले ठूलो आकारको हुन्छ र शक्तिशाली पनि । तर सर्पको प्रजातीमा ठ्याक्कै उल्टो हुन्छ । त्यसकारण थुप्रै पटक सेक्स पश्चात् पोथीले भालेलाई निल्ने गर्दछ । एनाकोन्डामा पोथी थुप्रै पटक भालेभन्दा पाँच गुणासम्म ठूलो हुन्छ । जसका कारण पोथीलाई सजिलै निल्न सहयोगी हुन्छ ।

छेपारो, चरा र स्तनधारी जनावरमा भाले साधारणतया पोथीभन्दा ठूलो आकारको हुन्छ । यसको प्राकृतिक कारण यो हो कि पोथीको तुलनामा भाले ठूलो हुँदा उनीहरुलाई यौनसम्बन्ध बनाउनका लागि साथी खोज्न सहूलियत हुन्छ ।

तर सर्पको प्रजातीमा भाले पाथीभन्दा ठूलो हुनु फाइदाजनक छैन । सेक्सका लागि अन्य भाले ससर्पसँगको तुलनामा धेरैजसो भाले सर्प आफ्नो पुच्छरले अर्कोलाई धकेलेर पोथी सर्पको प्रजननांगसम्म पुग्ने गर्दछ । यसका लागि उनीहरुलाई पोथीभन्दा धेरै ठूलो हुनुपर्ने आवश्यक छैन ।

सेक्सको रुची पोथीले नै व्यक्त गर्दछः

पोथी सर्प विशाल हुनु धेरैभन्दा धेरै अण्डा दिन र बच्चा जन्माउनका लागि सहयोगी हुने गर्दछ । त्यसकारण साना भाले सर्पले सेक्सको साथीको रुपमा विशाल पोथी सर्पको खोजी गर्दछ । तर प्रश्न यो उठ्छ कि सर्पले त राम्रोसँग देखिँदैन, यस्तोमा यौन सम्बन्ध बनाउनका लागि ठूला पोथीको कसरी खोजी गरिन्छ ?

अनुसन्धानमा थाहा भयो कि सर्पमा सेक्सको इच्छा पोथी सर्पले जाहिर गर्ने गर्दछ । जब पोथी सर्प जाडो वा गर्मीमा हाइबरनेशनबाट बाहिर आउँछन् तब उनीहरुले काँचुली फेर्छन् ।

त्यसपछि उनीहरुले फेरोमन नामको हर्मोन उत्पादन गर्ने गर्दछ । यसैको मद्दतले भाले सर्प उनीहरुतर्फ आकर्षित हुन्छन् । यी हर्मोनको मद्दतले भाले सर्प पोथीको आकारबारे पनि जानकारी पाउने गर्दछ ।

सर्पको ब्रिडिङ सिजनमा पोथी जति ठूलो हुन्छ त्यसको शरिरबाट त्यति नै धेरै केमिकल उत्पादन हुने गर्दछ । त्यसको पिछा गर्दै भाले सर्प उनीहरुसम्म पुग्ने गर्दछ । भाले सर्पले सानो आकारको पोथीलाई लोभ्याउन कोसिस गर्दैन भन्ने होइन ।

तर यस्तो निकै कम हुन्छ । तर यो क्रममा यदि कुनै ठूलो आकारको पोथी वरिपरि छ भने भाले सर्पले तुरुन्त आफ्नो ध्यान परिवर्तन गर्दछ । सर्पको बारेमा साधारणतया यो बुझिन्छ कि भाले सर्पले एकैपटक थुप्रै पोथीसँग सम्बन्ध राख्ने गर्दछ । तर नयाँ अनुसन्धानले त्यसको ठिक विपरित नतिजा निकालेको छ ।

कुनै विशेष पोथीको पिछा लाग्ने गर्दछ एनाकोन्डाः

ब्रिटेनको यूनिभर्सिटी अफ वोल्वरह्याप्टनका मार्क ओ’शियाले मलेसियामा पाइने प्याराडाइज फ्लाइंग स्नेकले यसको ठिक विपरित व्यवहार गर्दछ । यहाँ थुप्रै भालेले एक पोथीको पिछा गर्ने गर्दछ ।

यससँगै सम्बन्धित सर्पको अर्को एक प्रजाति किल–बेलिड–व्हिपस्नेकमा पनि देखिएको छ । यो प्रजातीमा पनि थुप्रै भाले मिलेर एक पोथीलाई लोभ्याउने प्रतिस्पर्धा गर्दछन् ।

जमिनी स्तरमा सर्पबिच ‘ओर्जी’ (अर्थात् एकैसाथ, एकै ठाउँमा थुप्रै जोडीको सेक्स हुनु) निकै धेरै हुने गर्दछ । जस्तै एनाकोन्डामा पोथी एक ठाउँमा बस्ने गर्दछ ।

यस्तै भाले एनाकोन्डा त्यसको वरिपरि घुम्ने गर्दछ । त्योसँग टाँस्सिएर रिझाउने कोसिस गर्दछन् । वैज्ञानिकका अनुसार थुप्रै पटक यो प्रक्रिया महिनौंसम्म चल्ने गर्दछ ।

जिजस रिवासका अनुसार उनले एकपटक हरियो भाले एनाकोन्डाले एक पोथीको पछाडि हात धोएर लागीपरेको देखेका थिए । जबकी वरिपरि थुप्रै अन्य पोथी एनाकोन्डा थिए जोसँग उसले सेक्स गर्न सक्थ्यो ।

तर उसले त्यसो गरेन एउटैलाई सेक्स गर्न फकाइरहेको थियो । जिजसका अनुसार सायद त्यो उनको वास्तविक प्रेम थियो ।

एक पोथीको पछाडि सय भाले सर्पः

क्यानडामा पाइने गार्टर स्नेकबिच त भयंकर प्रतिस्पर्धा हुने गर्दछ । यहाँ एक पोथीको पछाडि सयभन्दा बढि भाले सर्प लाग्ने गर्दछ । उनीहरु पोथीको वरिपरि लट्पटिरहन्छन् । क्यानडाको म्यानिटोबाको जंगलमा सर्पको मेटिङ सिजनमा यो दृश्य निकै साधारण हो ।

तर सर्पको यही प्रजाती अमेरिकाको अन्य भागमा त्यही प्रकृतिको हुँदैन । अर्थात्, स्थानको हिसाबले सर्पको सेक्स गर्ने व्यवहार पनि परिवर्तन हुने गर्दछ । जस्तो कि न्यू मेक्सीकोमा पाइने गार्टर स्नेकले यस्तो गर्दैन ।

यहाँ पोथीले नै आफ्नो यौन साथी छान्ने गर्दछ । पोथीले नै आफ्नो यौनाङ्गले सेक्सको पूरा प्रक्रिया नियन्त्रण गर्दछ र यौन साथी छान्नुका साथै सेक्सको प्रक्रिया कति बेरसम्म चल्नेछ त्यो पनि पोथीले निर्धारण गर्नेछ ।

सन्तुष्ट नभए अन्य साथीको खोजीः

यदि पोथीले भोलेसँग सन्तुष्ट पाएन भने उसले तुरुन्त त्यसबाट छुटकार पाउँछ र अर्को साथीको खोजी गर्न थाल्छ । तर अब यो प्रश्न उठ्छ कि पोथीले कसरी तय गर्छ कि कुन भाले सर्प यौनसम्बन्धका लागि ठिक हुन्छ ?

यो प्रश्नको सटिक जवाफ अहिलेसम्म वैज्ञानिकले खोज्न सकेको छैन । तर यो भालेको प्रतिभा र त्यसको लगनमा निर्भर हुने गर्दछ । अथवा, पोथीले आफ्नो छुने ताकतले भालेको ताकतको अन्दाज गर्ने सम्भावना छ ।

हुन त पोथी सर्पले कुनै एक भालेसँगमात्र यौनसम्बन्ध बनाउनुपर्छ भन्ने जरुरी छैन । धेरैजसो एक पोथी सर्पले थुप्रै भाले सर्पसँग सेक्स गरिरहेको देख्न सकिन्छ । यस्तै, भाले सर्प साधारणतया कुनै एक पोथी सेक्सका लागि तयार भएपछि त्यसप्रति इमान्दार हुने गर्दछ । जब पोथी निदाउँछ त्यतिबेला उनी भाले पोथीको वरिपरि नै घुम्ने गर्दछ ।

पोथीले एकसाथ थुप्रै सेक्स पार्टनर किन छान्ने गर्दछ ?

आखिर पोथी सर्पले थुप्रै यौन साथी निक छान्ने गर्दछ ? सायद त्यसभित्र सेक्सको धेरै चाहना हुने भएकाले हुनसक्छ । अथवा, थुप्रै सर्पसँग यौनसम्बन्ध बनाएर पोथी सर्पले यो निर्णय गर्नेछ कि कुन भालेबाट सबैभन्दा शक्तिशाली बच्चा हुनेछन् । किनभने सेक्सको उद्देश्य त अर्को पीढिलाई जन्म दिनु नै हो ।

पोथी सर्पसँग भालेको शुक्राणुलाई केही दिनसम्म आफूभित्र बचत गरेर राख्ने क्षमता रहेको हुन्छ । सायद यसकारण त्यसले थुप्रै भाले सर्पसँग सेक्स गर्छ र तीमध्ये त्यो साथीको शुक्राणुका साथ बच्चा पैदा गर्ने तय गर्नेछ जसले सबैभन्दा स्वस्थ बच्चा जन्मिने अन्दाज गरिन्छ ।

प्रकृतिको खेल हेर्नुहोस्, पोथी सर्पले थुप्रै पटक सेक्सपछि विशेष प्रकारको फेरोमोन हर्मोन छोड्ने गर्दछ जसले भाले सर्पलाई यो सन्देश पुर्याउँछ कि अब त्यसले सेक्स गर्दैन । यस्तै अमेरिकाको लाल गार्टर स्नेकमा भालेले यौनसम्बन्ध बनाएपछि जिलेटिनजस्तो पदार्थ पोथकिो यौन अंगमा छोड्ने गर्दछ ।

पोथीसँग कसैले जबर्जस्ती गर्न सक्दैनः

यसलाई वैज्ञानिकले ‘मेटिङ प्लग’ भन्छन् । यसले पोथीको यौनअंगको बाटो बन्द हुने गर्दछ । अर्थात्, त्यसपछि यदि कुनै भाले सर्पले चाहेको खण्डमा पनि पोथीसँग सेक्स गरेर बच्चा जन्माउन सक्दैन किनभने त्यसको शुक्राणु भित्रसम्म पुग्दैन ।

तर यो ‘मेटिङ प्लग’ शत प्रतिशत प्रभावकारी हुँदैन । धेरैजसो यसमा शुक्राणु खस्ने गर्दछ । थुप्रै सर्पमा यी मेटिङ प्लगमा शुक्राणु भरिएका हुन्छ जुन बिस्तारै बिस्तारै पाथीको शरिरभित्र पुग्ने गर्दछ । अर्थात्, यी ‘मेटिङ प्लग’ मार्फत भाले सर्पले आफ्नो प्रजातीलाई अगाडि बढाउने काम पनि गर्न सक्छ ।

पोथी सर्पसँग थुप्रै भालेले सेक्स गर्ने गर्दछ । यस्तो अवस्थामा सबैभन्दा अन्तिममा यस्तो गर्ने फाइदामा रहन्छ । त्यसको शुक्राणु सबैभन्दा माथि हुन्छ र सबैभन्दा पहिले अण्डाशयसम्म पुग्ने गर्दछ । तर, सेक्सपछि आफूलाई कसरी बचाउने भन्नेमा केन्द्रित हुन्छ । किनभने पोथी एनाकोन्डाले सेक्सपछि भालेलाई खाने गर्दछ । त्यसकारण पोथी धेरैजसो सेक्सपछि भाग्ने कोसिसमा रहेको हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप