बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरपालिका उपप्रमुख खड्गीलाई धुलो उपहार

शुक्रबार, २८ पुस २०७४, १४ : ५२
शुक्रबार, २८ पुस २०७४

काठमाडौं– नेपाल विद्यार्थी संघले काठमाण्डौ महानगरलाई हराभरा र स्वच्छ बनाउन माग गर्दै उपमेयरलाई धुलोको उपहार दिएको छ ।  नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमिति र जिल्ला समितिको संयुक्त आयोजनामा विद्यार्थीले शुक्रबार काठमाण्डौका विभिन्न चार स्थानबाट संकलित धुलोको पोको उपमेयर हरिप्रभा खड्गीलाई बुझाएका हुन् । 

प्रदुषण मुक्त राख्ने भन्दै केही समय सडक पखाल्ने काम पनि सुरु गरेको महानगरले पछिल्लो समय बढ्दो प्रदुषण र धुँवा धुलोप्रति बेवास्ता गरेको भन्दै विद्यार्थीले ध्यानाकर्षण गराएका हुन् । उनीहरुले महानगर फोहोरको डल्लो बनेको भन्दै प्रतिकात्मक रुपमा उपमेयरलाई धुलो उपहार दिएका हुन् । 

महानगरको सरसफाई, महानगरबासीको स्वास्थ्य लगायतमा महानगरपालिकाका पदाधिकारीले बेपर्वाह गरेको भन्दै आक्रोशित विद्यार्थीले माग सम्बोधन नभए कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिए । नगरवासीलाई दोहोरो कर लगाएर विभिन्न सेवा सुविधा लिएका पदाधिकारीले तीनै नगरवासीलाई सामान्य सेवा पनि प्रदान नगरेको भन्दै विद्यार्थीले आक्रोश पोखे ।

उपमेयर खड्गीले नगर सफा राख्ने दायित्व महानगरको मात्रै नभएको भन्दै सडक विभागले पनि त्यसको जिम्मा लिनुपर्ने प्रतिक्रिया दिए । नेपाल विद्यार्थी संघले यसअघि महानगरले दोहोरो कर लगाएको भन्दै विरोध गर्दै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप