बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा प्रधानन्यायाधीसविरुद्ध उत्रिए सर्वोच्चका न्यायाधीस

शुक्रबार, २८ पुस २०७४, १४ : ५२
शुक्रबार, २८ पुस २०७४

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतका चार जना न्यायाशीसले अदालतको प्रशासनले सही ढंगले काम नगरिरहेको आरोप लगाएका छन् ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै न्यायालयलाई संरक्षण नगरे देशको प्रजातन्त्र नै धरापमा पर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनले सर्वोच्चका प्रधानन्यायाशीस दीपक मिश्रा र न्यायाधीसहरुबीच बढ्दो दुरीलाई उजागर गरेको छ । 

पत्रकार सम्मेलनमा वरियतामा दोस्रो स्थानमा रहेका जे चेलामेश्वर, कुरियान जोसेफ, रन्जन गोगोई र मदन लोकुर रहेका थिए । चेलामेश्वरको निवासमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।

यसरी न्यायाधीसहरुले मिडिया अगाडि संयुक्त पत्रकार सम्मेलन गरेको यो पहिलो अवसर हो । 

पत्रकार सम्मेलनमा उनीहरुले देशको कानूनको इतिहासमा यो सबैभन्दा ठूलो दिन भएको बताए । सर्वोच्च अदालतको प्रशासनले राम्रोसँग काम नगरिरहेको उनीहरुको अरोप थियो । उनीहरुले कसैले आफ्नो आत्मा बेच्न नलगाओस् भनेर पत्रकार सम्मेलनको आयोजना गरेको प्रष्ट पारे ।

उनीहरुले भने, ‘हामीलाई लाग्थ्यो हामी देशप्रति जवाफदेही छौँ र हामीलाई प्रधानन्यायाधीसलाई सम्झाउने कोशिस पनि गर्यौँ तर हाम्रो कोशिस असफल रह्यौ । यदी न्यायालयलाई बचाएनौँ भने लोकतन्त्र समाप्त हुनेछ ।’

न्यायाधीसहरुले अब देशले प्रधानन्यायाधीसमाथि महाअभियोग लगाउने वा लगाउने बारे निर्णय गर्नु पर्ने बताए ।

उनीहरुले प्रधानन्यायाधीसलाई पठाएको सात पृष्ठको पत्र पनि सार्वजनिक गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप