केन्द्रीय संस्करण

दाङमा बसको ठक्करबाट बालकको मृत्यु

person access_timeपुस २८, २०७४ chat_bubble_outline0

दाङ– स्कुल बसको ठक्करबाट दाङमा एक बालकको मृत्यु भएको छ ।  लमही नगरपालिका–५ चौलाहीमा आज बसको ठक्करबाट स्थानीय रामजान अदलीका एक वर्षीय छोरा अब्दुल अनसारीको मृत्यु भएको लमही वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिएका छन् । 

आज बिहान साधना मन्टेश्वरी स्कुलको लु१क १३५३ नंको बसले बालकलाई अनसारीलाई ठक्कर दिएपछि गम्भिर घाइते भएका उनकोे लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 
 

रासस

राष्ट्रिय समाचार समिति

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ