बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कहिलेकाहीँ फ्यानसँग डेट गइन्छ – गायक डेविड शङ्कर

शुक्रबार, २८ पुस २०७४, १३ : ३०
शुक्रबार, २८ पुस २०७४

काठमाडौँ– पछिल्लो समय चर्चा रहेका केही गायकमध्येका एक हुन् डेविड शङ्कर । उनले केही पहिले सार्वजनिक गरेको गीत ‘आईकम बीकम’ यतिबेला चर्चाको शिखरम छ । शब्द, सङ्गीत र स्वर पनि आफैले दिएको यो गीतको भिडियो पनि निर्माण भएको छ । भिडियोमा पनि उनले नै मोडलिङ गरेका छन् । वैदेशिक रोजगारीको कथामा निर्माण भएको भिडियो समेत रुचाइएको छ । आफ्नो गीतको अलवा डेविड अचेल चलचित्रको पाश्र्व गायनमा पनि सक्रिय छन् । उनले दुई दर्जन हाराहारी चलचित्रका गीतमा आवाज दिएका छन् । चलचित्र ‘गोरे’बाट पाश्र्व गायन सुरु गरेका उनले प्रदर्शनको तयारीमा रहेको ‘पञ्जेबाजा’ चलचित्रसम्मका गीतमा स्वर दिने भएका छन् । ०६२ मा पाँचथर आइडलको उपाधिसँगै साङ्गीतिक क्षेत्रमा होमिएका शङ्करल ०६४ मा पूर्वाञ्चल आइडलको उपाधि समेत हासिल गरेका थिए । उनको पहिलो एल्बम ‘माई ड्रिम्स’ २०६८ मा सार्वजनिक भएको थियो । त्यसपछि उनले ‘इन्टिमेट’ र ‘दशैँ’ एल्बम ल्याएका छन् । साङ्गीतका तीन विधा गीत लेखन, सङ्गीत र स्वरमा सक्रिय डेभिडसँग रातोपाटीको दश प्रश्न ।

गायनबाट सन्तुष्ट हुनुहन्छ ?
नाम, दाम र चर्चा मलाई गायनले दिलाएको छ । यो पेसााबाट सन्तुष्ट नहुने त कुरै भएन । आफ्नो एल्बम मात्र होइन, पाश्र्व गायनमा पनि मलाई मन पराइएको छ । त्यसैले त मैले तीन दर्जनभन्दा बढी चलचित्रका गीतमा आफ्नो आवाज दिन सफल भएको छु । छोटो समयमा यति धेरै गीत गाउने अवसर पाएको हिसाबले आफूलाई भाग्यमानी ठान्छु ।

कतिको हेन्ड्सम छु जस्तो लाग्छ ?
आफैले आफ्नो तारिफ त कसरी गर्नु तर धेरै जनाले राम्रो नै भन्नुहुन्छ । पक्कै पनि राम्रो छु होला । राम्रो बनेर हिँड्न मनपर्छ पनि ।

कस्तो पहिरन मनपर्छ ?
म अलि अलि फेसनेबल छु । फेसन फेरेर हिँड्न रुचाउँछु । यसमा ब्रान्ड भन्ने छैन । आफूलाई फिट हुनु पर्यो । राम्रो देखिनु पर्यो भन्ने मेरो मान्यता हो ।
  
गायकलाई युवतीका प्रेम अफर कति आउँछन् ?
धेरै आउँछन् नि । कतिपयले गीत मनपर्यो भनेर कुरा सुरु गर्दै प्रेमका अफर राख्छन् । कतिले तपाईं मनपर्छ भनेर सीधै प्रस्ताव राख्छन् । कतिले भेटौँ, कतै घुम्न जाउँसमेत भन्ने गरेका छन् ।

विवाहका प्रस्ताव नि ?
धेरै केटी साथीहरू छन् । तीमध्ये धेरैले मन पराउँछन् । विवाहका लागि भने कसैले अफर गरेका छैनन् । मेरो अझै २, ३ वर्ष विवाह गर्ने सोच पनि छै्रन । 

रोजाइकी युवती ?
आफूलाई बुझ्ने, माया गर्ने, घुर्की नलगाउने यस्तै यस्तै हो ।

पूरा नभएको सपना ?
जिन्दगीमा धेरै सपना देखेको छु । केही पूरा गरेँ । केही पूरा हुन बाँकी छन् । 

कस्ता गीत बढी मनपर्छ ?
सबै प्रकारका गीत गाएको छु । भजन, आधुनिक, मैथली, भोजपुरी र चलचित्रका सबै प्रकारमा गीत मनपर्छ । 

अभिनयतिर पनि रुचि हो ?
हो, केही म्युजिक भिडियोहरूमा पनि अभिनय गरेको छु । त्यस्तै केही सर्ट चलचित्र पनि खेलेको छु । अभिनय पनि गायनजस्तै बच्चैदेखिको रुचिको विषय हो । 

डेटिङ कतिको जानुहुन्छ ?
कहिलेकाहीँ फ्यानसँग डेट जाने गरेको छु । कोही कोही फ्यानले धेरै कर गर्छन् । डेट जान मलाई प्राकृतिक सौन्दर्यले भरिएको र शान्त स्थान नै मनपर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप