हिमालयन बैंकले २६ प्रतिशत लाभांश वितरण गर्ने
शुक्रबार, २८ पुस २०७४, १३ : ०५
काठमाडौं– हिमालयन बैकले आफ्ना शेयरधनी सदस्यहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शुक्रबार सम्पन्न बैंकको पच्चीसौं बार्षिक साधारणसभाले आफ्ना शेयरधनी सदस्यका लागि २५ प्रतिशत बोनस शेयर र १ दशमलब ३१ प्रतिशत नगद गरी २६ प्रतिशत ३१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकको सिलिङ अनुसार ८ अर्ब चुक्ता पूँजी पु्र्याउनका लागि आफ्ना शेयरधनी सदस्यलाई लाभांश वितरण गर्ने निर्णय गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराले जानकारी दिए ।
बैंकले आर्थिक बर्ष ७३/७४ अन्त्यसम्म ९२ अर्ब ८८ करोड निक्षेप संकलन र ७७ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको । यस बर्ष ६ स्थानमा नयाँ शाखाहरु स्थापना गरेको बैंकले सरकारको योजनाअनुरुप स्थानीय तहमा पनि बैंकको ग्रामीण शाखाहरु स्थापना गर्दै जाने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन