बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन बैंकले २६ प्रतिशत लाभांश वितरण गर्ने

शुक्रबार, २८ पुस २०७४, १३ : ०५
शुक्रबार, २८ पुस २०७४

काठमाडौं– हिमालयन बैकले आफ्ना शेयरधनी सदस्यहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । शुक्रबार सम्पन्न बैंकको पच्चीसौं बार्षिक साधारणसभाले आफ्ना शेयरधनी सदस्यका लागि  २५ प्रतिशत बोनस शेयर र १ दशमलब ३१ प्रतिशत नगद गरी २६ प्रतिशत ३१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

राष्ट्र बैंकको सिलिङ अनुसार ८ अर्ब चुक्ता पूँजी पु्र्याउनका लागि आफ्ना शेयरधनी सदस्यलाई लाभांश वितरण गर्ने निर्णय गरिएको बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबराले जानकारी दिए ।

बैंकले आर्थिक बर्ष ७३/७४ अन्त्यसम्म ९२ अर्ब ८८ करोड निक्षेप संकलन र ७७ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको ।  यस बर्ष ६ स्थानमा नयाँ शाखाहरु स्थापना गरेको बैंकले सरकारको योजनाअनुरुप स्थानीय तहमा पनि बैंकको ग्रामीण शाखाहरु स्थापना गर्दै जाने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप