दर्शकलाई आजबाट ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’
काठमाडौं– आज शुक्रबारबाट देशभर एकसाथ दुई चलचित्र ‘मिस्टर झोले’ र ‘बटरफ्लाई’ प्रदर्शनमा आए । यी दुबै फ्राइडे रिलिजको परम्परा धान्दै देशभरबाट प्रदर्शनमा आएका हुन् । दुबै चलचित्रको प्रिमियर पनि आजनै राखिएको छ । ‘मिस्टर झोले’ को आज बिहान ९ बजे प्रिमियर राखिएको थियो छ, भने ‘बटरफ्लाई’को पनि कुमारी चलचित्र भवनमा मध्यान्ह ३:३० मा राखिएको छ ।
‘मिस्टर झोले’:
रामबाबु गुरुङ निर्देशित यो चलचित्र दयाहाङ राई, वर्षा राउत, दिया पुन, प्रविण खतिवडा, वृद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । टेकेन खड्काको प्रोडक्सन र सिनेमा आर्टले संयुक्त रुपमा निर्माण गरेको चलचित्र टेकेन खड्काको निर्माणमा बनेको हो । चलचित्रका कार्यकारी निर्माता रौनक बिक्रम कँडेल रहेका छन् ।
‘बटरफ्लाई:
अभिनेता आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको ‘बटरफ्लाई’का निर्माता पुष्पान्जली अधिकारी (सखा),रामशरण राना र भुपेन्द्रद्र सुवेदी रहेका छन् । ओमप्रतिक गुरुङ निर्देशित चलचित्रमा अर्पण थापा, रविन्द्रद्रखड्का, पुरन थापा, सुष्मा कार्की, सुरवीर पण्डित लगायतका कलाकारको समेत चलचित्रमा अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा
-
१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
-
एसियाबाट नेपालले जित्यो ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’