बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मन्त्रिपरिषद् बैठक : १६ जनालाई शहिद घोषणा

शुक्रबार, २८ पुस २०७४, १२ : ३१
शुक्रबार, २८ पुस २०७४

काठमाडौं -सरकारले २०३६ सालमा धनकुटाको छिन्ताङमा राज्यपक्षबाट मारिएका १६ जनालाई शहिद घोषणा गरेको छ । 

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले घटनाको ३८ बर्ष पछि मृतकलाई शहिद घोषणा गर्ने निर्णय गरेको हो ।

२०३६ साल कात्तिक २७ गते धनकुटाको खोकु छिन्ताङमा तात्कालिन भूमिगत विद्रोही समुहले गरेको कार्यक्रममा राज्य पक्षका सुरक्षाकर्मीद्वारा चलाईएको गोली लागि १६ जनाको मृत्यु भएको थियो । 

तीनै मृतकलाई शहीद घोषणा गरिएको हो । त्यसैगरी बैठकले २०७५ साल बैशाख १ गते देखि राष्ट्रिय आर्थिक गणना गर्ने निर्णय गरेको छ । बैठकले लाइभस्टक सेन्टर इन्नोभेसन आयोजनाका लागि विश्व बैंकबाट झण्डै ८ अर्ब रुपैयाको ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी नेपाल न्यायसेवाको विशिष्ठ श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए । 

बैठकले पुनरावेदन समितिको अध्यक्षमा हेमराज पन्तलाई तोक्ने लगायत केही बढुवाका निर्णयहरु पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप