मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अनिन्द्राले के-के गर्छ ? कसरी बच्ने ?

शुक्रबार, २८ पुस २०७४, ११ : ४९
शुक्रबार, २८ पुस २०७४

प्रल्लादप्रसाद दाहाल, एमएससी योग थेरापी, डा.पुकार लोहनी एमडी

अनिद्राले रोगी मधुमेह (चिनीरोग) :  अनिद्राका कारण शरीरमा कर्टिसोल हर्माेनको उत्पादन बढ्छ । जुन हर्माेनले चिनीको मात्रा वृद्धि गराउँछ । नियमित अनिद्राको समस्या भएमा उक्त हर्मोनले मधुमेहको रोग निम्त्याउँछ ।

मुटुरोग : अनिद्रा कारण उच्च रक्तचापको समस्या पनि देखिन्छ । र, विस्तारै मुटुसम्बन्धी रोग देखिन थाल्छन् ।

पाचनप्रणालीमा समस्या : पाचनप्रक्रिया पूर्ण हुनका लागि तीनदेखि चार घण्टासम्म लाग्छ । मानिसमा अनिद्राको समस्या भएमा यसले तनावलाई निम्त्याउँछ र पाचनप्रक्रिया ढिला हुन जान्छ । यसो हुँदा पाचनसम्बन्धी विभिन्न समस्या देखिन थाल्छन् ।

मानसिक समस्या : अनिद्राको कारण मानसिक समस्या पनि हुन्छ । अनिद्राले स्मरण शक्तिमा कमी ल्याउनुका साथै मानसिक अस्थिरता, चिट्चिडाहट, बढी रिस उठ्नेलगायत समस्या सिर्जना हुन्छन् ।

अव्यवस्थित दिनचर्या : अनिद्राको समस्या भएमा बिहान उठ्दा स्वस्थ महसुस हुँदैन । अनिद्राकै कारण अव्यवस्थित तरिकाले निद्रा लाग्ने, काम गर्न मन नलाग्नेजस्ता समस्या हुन्छन् ।

जसकारण निद्रा पर्दैन 
मौसम : निद्रालाई असर गर्ने महत्वपूर्ण पक्ष मौसम हो । गर्मीमा बढी र जाडोमा कम निद्रा लाग्ने हुन्छ । सूर्यको किरणका कारण शरीरमा उत्पादन हुने सेरोटोनिन हर्मोनको कारण यस्तो हुन्छ । सेरेटोनिनको कमी हुँदा मानसिक तनाव हुने गर्छ र जाडोमा कम निद्रा लाग्छ ।

खानपानः अव्यवस्थित खानपानले पनि अनिद्राको समस्या हुन्छ । खाना खाने समय, खानाको प्रकृति आदि कुराले यसमा प्रभाव पार्छ । रातमा ढिलो खाना खाने, सुत्ने वेलामा चिया कफीजस्ता पेयपदार्थ पिउने, सुत्नुपूर्व अत्यधिक पानी पिउने, जंक फुडको प्रयोगले अनिद्राको समस्या हुन्छ । यौगिक भाषामा भन्दा तामसी र राजसी खाना खानाले पनि निद्रालाई प्रत्यक्ष असर पुर्‍याउँछ । खाना खाएपछि पाचनक्रिया प्रारम्भ हुन्छ । जसका कारण गहिरो निद्रा पर्दैन । जति बढी खाना खायो पाचन प्रक्रियाले त्यति नै बढी समय लिन्छ ।

मानसिक अस्थिरता : अनिद्रा हुने अर्को महत्वपूर्ण पक्ष मानसिक अस्थिरता हो । मानसिक अस्थिरता मस्तिष्कको लिम्बिक सिस्टमसँग सम्बन्धित छ । जहाँ भावनाहरू जटिल सञ्जाल बनाई बसेका हुन्छन् । लिम्बिक सिस्टम हाइपोथालामस नामक मस्तिष्कको एउटा भागसँग जोडिएको हुन्छ । जसले शरीरमा निद्राको सञ्चार गर्छ । मानसिक अस्थिरता हुँदा लिम्बिक सिस्टममा असर पर्न गई हाइपोथालामसमा असर गर्छ । र, अनिद्राको समस्या देखा पर्न जान्छ ।

कति सुत्ने ?
विज्ञानले भनेको छ कि उमेर बढेसँगै शरीरमा पिनिएल ग्ल्यान्डले निद्रा लाग्ने हर्मोनको उत्पादनमा कमी ल्याउँछ । विशेषगरी बच्चा बढी र वृद्धवृद्धा कम समय सुत्ने गरेको पाइन्छ । अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थ नामक संस्थाले उमेरसमूहअनुसारको निद्रा अवधि तय गरेको छ ।

योगबाट निदान

मानिसका लागि विश्राम अर्थात् आराम अपरिहार्य छ । आरामका पनि विभिन्न तरिका छन् । जसमध्ये एक हो, सुताइ वा निद्रा । निद्राले मानिसको दिनचर्यामा प्रत्यक्ष प्रभाव पार्छ । नेसनल स्लिप फाउन्डेसन अमेरिकाले सुतेको १५–२० मिनेटमा निदाउन नसक्नु, छोटो अवधिमा निद्राबाट ब्युँझिनु र त्यसपछि निदाउन नसक्नुलाई अनिद्राको समस्या भनेको छ । उक्त संस्थाका अनुसार, विकसित मुलुकमा ५८ प्रतिशत मानिसमा अनिद्राको समस्या छ । करिब ४० देखि ५० प्रतिशत मानिसलाई ६० वर्षको उमेरपछि यस्तो समस्या देखापर्ने इजरायलमा गरिएको एक अनुसन्धानले देखाएको छ । मानिसमा अनिद्राको समस्या भएमा दीर्घकालीन रूपमा गम्भीर रोगसमेत लाग्न सक्छ :

खाली खुट्टा हिँड्ने : आफ्नाे अवस्था हेरी करिब १० देखि १५ मिनेटसम्म खाली खुट्टा हिँड्ने बानीले निद्रामा फाइदा गर्छ । अत्यन्तै मोटोपना, आर्थराइटिस या अन्य घँुडा वा खुट्टासम्बन्धी रोग भए लठ्ठी वा अन्य मानिसको सहाराले पनि यसरी हिँडडुल गर्नुपर्छ ।

पानीमा खुट्टा डुबाउने : मनतातो पानी र मधुरो नुनमा गोलीगाँठोसम्म खुट्टा डुबाउनुपर्छ । यस्तो क्रियाकलाप १० देखि १५ मिनेट गर्नुपर्छ । पानीबाट निकालेपछि खुट्टालाई नरम कपडाको सहायताले सुक्खा बनाउनुपर्छ । यसो गर्दा अनिद्राको समस्याबाट मुक्त हुन सकिन्छ ।

स्लिप स्पेसल टेक्निक :  दीर्घकालीन रूपमा अनिद्राबाट मुक्त हुनका लागि योग अचुक उपाय हो । योगले औषधिको प्रयोग, साइड इफेक्टविना नै दिनचर्याबाटै अनिद्राको समाधान गर्छ । विकसित यौगिक विधिको प्रयोग गरी निद्राको समस्याबाट मुक्त हुन सहज पनि हुन्छ । योगका विभिन्न तरिकामध्ये स्लिप स्पेसल टेक्निक एक महत्वपूर्ण विधि हो । जुन विधि डिनरको करिब–करिब आधा घण्टापछि गरिन्छ ।

 

भ्रामरी : यो एक प्राणायाम हो । यसले मस्तिष्कलाई कम्पन वा झन्झनावट दिन्छ र सिथिल बनाउँछ । अनि मानिसलाई आराम दिन्छ । प्राणायमको क्रममा भमराको जस्तो आवाज आउने भएकाले यसलाई भ्रामरी भनिएको हो ।

नाडीशोधन : जनमानसमा अनुलोमविलोमको नामले परिचित प्राणायामलाई यौगिक भाषामा नाडीशोधन भनिन्छ । अनिद्राको समस्या भएका मानिसका लागि भ्रामरी गरेपछि नाडीसोधन करिब नौपटक दाहो¥याउनुपर्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप