शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

किङ फिसरदेखि नेकन एयरसम्मले तिरेनन् त्रिभुवन विमानस्थललाई ११ करोड बढी रकम (सूचीसहित)

शुक्रबार, २८ पुस २०७४, ११ : ३६
शुक्रबार, २८ पुस २०७४

काठमाडौँ । विगतमा नेपालमा उडान भरेका विभिन्न ३२ वटा विमान कम्पनीले विमानस्थल प्रयोग बापतको रु ११ करोड ३९ लाख ४ हजार ९७३ रकम हालसम्म तिरेका छैनन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयकाअनुसार ती विमान कम्पनीले नेपालको नियम कानुनको कमजोरीको फाइदा उठाउँदै रकम तिर्न अटेर गरेका हुन् ।

विमानस्थल कार्यालयलाई तिर्नुपर्ने करोडौँ रुपैयाँ नतिर्दै कम्पनीले नेपालमा उडान भर्न समेत बन्द गरेका छन् ।

त्यस्तै, नेपालमा आन्तरिक उडानका लागि सञ्चालनमा आएका तर हाल बन्द अवस्थामा रहेका एक दर्जन भन्दा बढी एयरलाइन्सले पनि रकम तिर्न अटेर गरेका छन् ।

आन्तरिकतर्फ सबैभन्दा बढी बक्यौता तत्कालिन समयका उडान भरेको कस्मिक एयर र नेकन एयरको करोडौँको रहेको छ । नेकन एयरले चार करोड तथा कस्मिक एयरले ३ करोडभन्दा माथि बक्यौता तिर्न बाँकी रहेको छ ।

बक्यौता उठाउनको लागि केन्द्रिय तहसिलको कार्यालय पठाउने तयारी गरेको विमानस्थल कार्यालयका महाप्रवन्धक देवानन्द उपाध्यायले जानकारी दिए ।

‘हामीले बक्यौता उठाउने भनेको उडान गरिरहेका एयरलाइन्सहरुको हो, बन्द भएकाहरुसँग उठाउने काम तहसिलको कार्यालयको हो,’ उपाध्यायले भने ।

बन्द भएको भारतीय किङ फिसर एयरलाइन्सको बक्यौता मात्रै १ करोड १५ लाख ९७ हजार रहेको छ ।  किङ फिसर मालिक विजय माल्य भारतबाट भागेर बेलायतमा शरण लिइरहेका छन् ।

हिमायल हेलिकप्टरको मात्रै रु ३ करोड ३३ लाख १२ हजार बक्यौता छ । विमानस्थल कार्यालयकाअनुसार गत असार ३१ गतेसम्म बन्द भएका यी एयरलाइन्सले रकम बुझाउन नआएका हुन् । रकम बुझाउन नआएका एयरलाइन्सलाई बक्यौता असुल गर्न कार्यालयले तहसिल कार्यालय मार्फत प्रक्रिया अगाडि बढाएको छ । 

कुन कम्पनीका कति बक्यौता ? 

अष्ट्रियन एयरलाइन्स रु. ४३,६००

वरमा एयरवेज रु. १,८६,८५०

लुफ्थान्सा एयर रु. १०,६३,६४४

गल्फ एयर रु. २७,०८,७७७

एयर साहारा रु. ३४,७८,१२६

बहराइन एयर रु. २५,६३,३७१

ओरियन्ट थाई एयर रु. ५,८९,८१३

पाकिस्तान एयरलाइन्स रु. २६,८४,२३८

सिंगापुर एयरलाइन्स रु. ५,५८,१२८

किंग फिसर एयरलाइन्स १,१५,९७,५६२

जीएमजी एयरलाइन्स रु.१,५९,१०१

युनाइटेड एइर एडिएफ रु. ३,५३०

युनाइटेड एयरवेज रु.१,०६,५५५

तुई एयरलाइन्स रु. ९,५८,४९८

हङकङ एक्सप्रेस रु.१९,६२,९७८

¥याक एयरवेज रु.१,८३,७७२

स्काईलाइन एयरबेज रु. ७,३३,२८०

एयर नेपाल रु. ७८,८९७

एयर कास्टमण्डप रु. ३,२९,२८४

अल्पाइन एयर रु. ७२,७२८

कमालु एयर रु. ९४,२१८

कर्णाली एयर रु.१६,६४,०५६

सांग्रीला एयर रु. २,३७,९४४

अल्टिच्यूड एयर प्रासल रु. ३,२९,९४५

माउण्टेन एयर रु. ५२,२८१

नेपाल एयरबेज रु.११,७९,३२०

नेकन एयर अन्तर्राष्ट्रिय रु. ६२,८२,३२२

नेकन एयर आन्तरिक रु. ४,०१,०२,७३०

हिमालय हेलिकप्टर रु. ६१,५१८

कस्मिक एयर रु. ३,३३,१२,९०६

गरुड एयर रु. २७,४४०

गोरखा एयरलाइन्स रु. ६,५७,५४५
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप