शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण हुन्छ पुरुषमा नि:सन्तान : स्त्री तथा प्रसूति रोग विशेषज्ञ

शुक्रबार, २८ पुस २०७४, ११ : १४
शुक्रबार, २८ पुस २०७४

 

महिला वा पुरुष दुवैको कारण निःसन्तानको समस्या हुन सक्छ । कुनै दम्पतीबाट सन्तान नभएको खण्डमा श्रीमान्–श्रीमती नै भागीदार हुन्छन् । अहिले पनि अशिक्षित समाजमा निःसन्तानको कारक महिलालाई मात्र मानिन्छ जुन गलत छ । यी हुन् पुरुषमा निःसन्तान हुनाका कारण :

भोला रिजाल
स्त्री तथा प्रसूति
रोग विशेषज्ञ

शुक्रकीटको खराबी
पुरुषको वीर्यमा शुक्रकीट नहुँदा सन्तान जन्मन सक्दैन । अथवा कम हुँदा पनि यस्तो समस्या सिर्जना हुन सक्छ । पुरुषको यौन क्षमता र यौन चाहना कमजोर हुँदा निःसन्तानको समस्या हुन सक्छ । शारीरिक सम्पर्कका वेला स्खलन नहुँदासमेत निःसन्तानको समस्या हुन सक्छ ।

अनैतिक सम्बन्ध
धेरै महिलासँग अनैतिक सम्बन्ध राख्ने पुरुषहरूको बच्चा नहुने सम्भावना हुन्छ । पौष्टिक तत्व र आरामको कमी, कसिलो अन्डरवेयरको प्रयोग, शरीरले ढान्नेभन्दा गाह्रो काम, सेक्सुअल्ली डिजिज पनि निःसन्तानका कारक हुन् ।

अन्योल
२० देखि ३० प्रतिशतमा थाहा नभएका कारणले बाँझोपन हुन्छ । यसमा अन्य थप जाँच गर्नुपर्ने हुन्छ । यस्तो समस्या भएमा क्रोमोजोम र अन्य हर्मोनको जाँच गर्नुपर्छ । यसपछिमा कतिपय कारण पत्ता लाग्न सक्छ ।

समस्या जुध्दा
कतिपय दम्पतीमा यौनसम्बन्धी आ–आफ्नै समस्या हुन्छन् । दुवैको समस्या जुध्न पुग्दा पनि निःसन्तानको समस्या सिर्जना हुन सक्छ । यस्तो भएमा आकस्मिक बच्चाको सम्भावना पनि रहन्छ । यसरी एकअर्काको समस्या जुधेर निःसन्तान हुने समस्या भएमा कृत्रिम गर्भाधान सम्भव हुन सक्छ । तर, एकै पटकमा भने नहुन सक्छ ।

अस्थायी साधन
परिवार नियोजनका लागि अस्थायी साधनको प्रयोग पनि घातक बन्न सक्छ । लामो समय प्रयोग गरिने अस्थायी साधनका कारण निःसन्तानको समस्या हुन सक्छ । यस्तो समस्या महिलामा पनि हुन्छ । तर, कुनै–कुनै साधनले महिनावारी गडबड गराउँछ । महिलाले लामो समयका लागि प्रयोग गर्ने अस्थायी साधन उनीहरूका लागि घातक हुन्छ ।

उपचार

-निःसन्तानको समस्या भएमा पहिला कारणको पहिचान गर्नु आवश्कय हुन्छ । कतिपय रोगको उपचार पनि गर्न सकिन्छ ।

-शुक्रकीटको कमी भएमा त्यसलाई बढाउनका लागि पनि चिकित्सकसँग सल्लाह लिन सकिन्छ ।

-यदि शुक्रकीटलाई बढाउन नसकेमा पुरुषको शुक्रकीट लिएर कृत्रिम गर्भाधानबारे पनि सोच्न सकिन्छ । कतिपय अवस्थामा टेस्टट्युब बेबी पनि सम्भव हुन सक्छ ।

-पुरुषमा डिम्ब नबन्ने समस्या भएको खण्डमा औषधि सेवन गर्न पनि सकिन्छ ।

-कतिपय अवस्थामा बढी तौलका कारण पनि निःसन्तानको समस्या हुन सक्छ । त्यसैले स्वास्थ्य जाँच गरी तौल घटाउनतिर लाग्न सकिन्छ ।

-इन्फेक्सनको उपचार गरेर पनि निःसन्तानको समस्याबाट मुक्त हुन सकिन्छ ।

-निःसन्तानको सम्भावित समस्याबाट बच्न विभिन्न अम्मलबाट पनि टाढा हुन आवश्यक छ ।

-जस्तै– चुरोट, लागुऔषधलगायतको लत छोड्नुपर्छ ।

-शुक्रकीट निर्माणका लागि अण्डकोशको तापक्रम ३२ देखि ३३ डिग्री सेन्टिग्रेटसम्म चाहिन्छ । लामो समय अत्यन्त गर्मी ठाउँमा काम गर्ने बाध्यता भएमा तापक्रम मेन्टेन गर्न आवश्यक हुन्छ ।

नयाँ पत्रिकाबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप