मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आत्मविश्वास बढाउने ७ सूत्र

शुक्रबार, २८ पुस २०७४, १० : ५९
शुक्रबार, २८ पुस २०७४

आत्मविश्वास यस्तो क्षमता हो, जसले मानिसलाई अगाडि बढ्न र नयाँ काम गर्नको लागि प्रेरणा प्रदान गर्छ । संसारमा जति पनि सफल मानिस छन्, उनीहरूको सफलतापछि आत्मविश्वासको ठूलो भूमिका छ । उनीहरूले आफैँमाथि विश्वास र ठूला–ठूला निर्णय गरेर जीवनलाई सफल बनाए । यदि तपार्इंमा पनि आत्मविश्वास छ भने मान्नुस्, सफलता धेरै टाढा छैन । यी हुन्, आत्मविश्वासी बन्न सघाउ पुर्‍याउने केही टिप्स:

१. भित्रैको डर निकाल्नुस्
आत्मविश्वास भन्ने कुरा कसैले फिट गर्दिने होइन । आत्मविश्वास बढाउनका लागि सबैभन्दा पहिला आफूभित्रको डरलाई हटाउन जरुरी हुन्छ । जसका लागि आफ्नो क्षमताको पहिचान गर्न जरुरी छ । आत्मविश्वास बढाउनका लागि आफैँप्रति विश्वास गर्न आवश्यक छ । कुनै व्यक्तिलाई हेरेर मात्र आत्मविश्वास बढ्दैन । त्यसैले आत्मविश्वासका लागि आफैँ तयार हुन प्रयोग गर्नुस् ।

२. कसैसँग भेट्दा
कुनै पनि विधामा सफल हुनका लागि सबैभन्दा महत्वपूर्ण कुरा यो हुन्छ कि, तपार्इंभित्रको आत्मविश्वास । जुनसुकै क्षेत्रका चर्चित व्यक्तिका कथा सुनेपछि तपार्इंलाई यसको अनुभूति हुन्छ । त्यसैले तपाईंले कसैलाई भेट्दै हुनुहुन्छ भने पहिला आफूभित्रको डर हटाउनुपर्छ र निर्धक्कसँग कुरा गर्नुपर्छ । जसले तपार्इंलाई आत्मविश्वासी बन्न प्रेरणा प्रदान गर्छ ।

३. काममा विश्वास
चाहे तपार्इंले जुनसुकै काम गर्नुस्, तर विश्वास साथ गर्नुस् । या कुनै कामको सुरुवात गर्दै हुनुहुन्छ भने पनि त्यसप्रति पूर्ण विश्वस्त हुनुस् । सामान्य जीवनशैली र बोल्ने तौर तरिकाले पनि आत्मविश्वास बढाउनको लागि ठूलो भूमिका निर्वाह गर्छ । खाना पकाउने, कुनै व्यक्तिसँग भेट्ने गर्दाका गतिविधिमा समेत आत्मविश्वासको साथ प्रस्तुत हुन जरुरी छ ।

४. डाइट एन्ड फिटनेस
फिटनेस, स्टाइल, डाइटलगायतका कुराले पनि आत्मविश्वासमा भूमिका निर्वाह गर्छ । आत्मविश्वास बढाउनका लागि ड्रेसअप र खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ । सफल व्यक्तिको जीवनलाई हेर्दा पनि उनीहरूको जीवन सफल हुनुमा यसका भूमिका हुन्छन् ।

५. सिक्ने इच्छाशक्ति
नयाँ कुरा सिक्ने र आफैँलाई महत्वपूर्ण बनाउने प्रयास गर्नुस् । जो व्यक्तिमा सिकाइको भोक हुन्छ, उसमा आत्मविश्वास पनि हुन्छ । त्यसैले आफूभित्रको सिक्ने इच्छाशक्तिलाई कहिल्यै मर्न दिनुहुँदैन । यस्तो बानीले बिस्तारै आत्मविश्वासलाई बढाउँदै लैजान्छ ।

६. सकारात्मक सोच
सकारात्मक सोचले जीवनको कैयौँ काममा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तर, नकारात्मक सोचले स्वयम्लाई ध्वस्त बनाउँछ । हाम्रो सोचले नै सफलताको सम्भावना निर्धारण गर्छ । नकारात्मक घटना या सोचलाई सकारात्मक रूप दिँदा त्यसले पार्ने प्रभावलाई विचार गर्न आवश्यक हुन्छ । तपाईंको आचरणले नै आत्मविश्वास बढाउन भूमिका खेल्छ ।

७. स्माइलिङ
भनिन्छ, प्रेमको सुरुवात मुस्कानबाट हुन्छ । तपार्इंको अनुहारमा भएको मुस्कान या चमकले अरू मानिसलाई पनि आकर्षित गर्न सक्छ । यस्तो बानीले आत्मविश्वासलाई बढोत्तरी गर्नुका साथै सफलता हासिल गर्नको लगि मद्दत गर्छ ।

नयाँ पत्रिकाबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप