तयार भयो हेटौँडामा क्रिकेट मैदान
हेटौँडा - मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ ।
मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो । मैदान तयार हुन २ वर्ष लागेको आयोजकले जनाएका छन् ।
करिब रु ३० लाखको लागतमा क्रिकेट पिच, मैदानसहित मर्निङ ट्र्याकसमेत निर्माण भएको छ । सरकारी बजेटमा निर्माण भएको योे क्रिकेट मैदान राष्ट्रिय प्रतियोगिता र अभ्यासका लागि उपयुक्त रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिनुभयो ।
हुप्रचौरमा विगतमा खाल्डाखुल्डीका साथै झाररहित मैदान र उपयुक्त पिचबिनै क्रिकेट प्रतियोगिता र अभ्यास गर्नु बाध्यता रहेकाले पनि मकवानपुरे क्रिकेटको विकास हुन नसकेको अवस्थामा नवनिर्मित मैदानले उत्साह थपेको अध्यक्ष तिमिल्सिनाको भनाइ छ ।
उहाँका अनुसार हुुप्रको १४० मिटर लम्बाइ र १२० मिटर चौडाइको जमिनलाई उपयुक्त क्रिकेट मैदानका रुपमा निर्माण गरिएको हो । क्रिकेट विकासमा अगाडि बढिरहेको मकवानपुरलाई हुप्रमा राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण हुनु महत्व र गौरवको विषय बनेको छ ।
क्रिकेट विकासकै लागि भनेर छुट्ट्याइएको रु १५ लाखमा केही रकम एथ्लेटिक्स संघ, मकवानपुरले म्याराथुन ट्र्याक निर्माणमा खर्चिएको समिति अध्यक्ष तिमल्सिनाले बताउनुभयो । मकवानपुरमा उपयुक्त म्याराथुन ट्र्याक पनि निर्माण भएको छैन ।
करिब रु चार लाख खर्चिएर निर्माण गरिएको म्याराथुन ट्र्याकले भने पूर्णता पाएको छैन । बजेटको अभावमा म्याराथुन ट्र्याकलाई पूर्णता दिन नसकिएको एथ्लेटिक्स संघ मकवानपुरका अध्यक्ष प्रभाकर पाण्डेले बताउनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केजरीवाललाई जेलमा पहिलो पटक इन्सुलिन दिइयो
-
डीडी न्यूजको लोगो परिवर्तन भएपछि...
-
बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर
-
औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
-
निजी क्षेत्रलाई विश्वासमा लिएर नेपालमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री
-
सहिद पत्नीको व्यथा : सहिद परिवारको परिचयपत्रकै खिल्ली उडाइन्छ