बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बञ्चरो प्रहार गरेर कल्पनाले गरिन् सौताको हत्या

शुक्रबार, २८ पुस २०७४, ०८ : २७
शुक्रबार, २८ पुस २०७४

रुकुम - सल्यानमा एक महिलाले आफ्नै सौतालाई बञ्चरो प्रहार गरेर हत्या गरेकी छन् । 

जिल्लाको दार्मा गाउँपालिका–३, फारुलाचौरकी २६ वर्षीया कल्पना चन्दले आफ्नै सौता ३२ वर्षीया रुपा खत्रीलाई बञ्चरो प्रहार गरेर बुधबार साँझ हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानले जानकारी दिएको छ । 

बुधबार साँझ सामान्य विवाद हुँदा जेठी सौताको हत्या गरेको प्रहरीको भनाइ छ ।

हत्या गर्ने कल्पना चन्द अहिले फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । 

चन्दको खोजी र अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विकको भनाइ छ । मृतक खत्रीका तीन छोरी र एक छोरा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप